१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनःनिर्माणमा निजी क्षेत्रको पूर्णसाथ रहने प्रतिबद्धता जनाउनुभएको छ।

आज सिंहदरबारमा अर्थमन्त्री डा रामेश्वर खनालसँग भेट गरी जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, “सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका महत्त्वपूर्ण सरकारी संरचना पुनःनिर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौँं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला  सबै जिम्मेवार भएर लाग्न आवश्यक छ, ।”

मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैँ तत्पर रहेको बताउनुभयो ।रासस