१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग व्यवसायमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः चन्द्रप्रसाद ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसिसिआईको टोलीले जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया, उपेन्द्र महतोको घरको अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्नुभयो ।

उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पु¥याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराउनु भयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल बुधबार उपेन्द्र महतोको जलेको घरको अनुगमन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट-रासस

उहाँले भन्नुभयो,‘आगामी दिनमा जुन सुरक्षा दिने कुराहरु छ । सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिनेकुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन । त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नु पर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ । २०४६ यताका सबै प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’

महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।