६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट विभिन्न निर्णय

गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट विभिन्न निर्णय
फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनेलगायत विभिन्न निर्णय गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदासहित प्रदेशको सुुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा यही भदौ २३ र २४ गते मुलुकमा भएको आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले शान्ति सुरक्षामा परेको प्रभावका सम्बन्धमा सबै सुरक्षा निकायबाट जानकारीसहित छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली र परिवार तथा आफन्तजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आन्दोलनकारीले सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटेका हतियार हालसम्म फिर्ता नभएकाले फिर्ताका लागि सञ्चारमाध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुनबमोजिम कारबाही प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।

आन्दोलनका कारण उत्पन्न भएको असामान्य अवस्था क्रमशः सुधार हुँदै गइरहेकाले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्नो मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

यस्तै, शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढङ्गले कार्य गर्ने, गराउने निर्णय भएको छ । बदलिँदो परिस्थिति र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाजसँगको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्ने निर्णय भएको जनाइएको छ ।

वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउन आग्रह गरिएको छ ।

यस्तै, वर्तमान सन्दर्भलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गराउने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस