६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड
photo: rss
अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज मन्त्रालयको पदभार ग्रहणपछि उहाँले अनुमतिपत्र ढिलो प्राप्त हुने गुनासोको सम्बोधन गर्न द्रूत गतिमा वितरण गर्नुपर्ने बताउनुभयो । मन्त्री घिसिङले सोअनुरुप कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । दसैँअघि सडक सुधार गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

“सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ । चुनौती त धेरै छन् तर जिम्मेवारीबाट भाग्ने छुट छैन,” मन्त्री घिसिङले भन्नुभयो, “कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि चार्जिङ स्टेशन निर्माणबारे सात दिनभित्र प्रतिवेदन तयार गर्नुस् । अनि पेट्रोल तथा डिजेलको आयात घटाएर आर्थिक सुधार गर्न सकिन्छ ।”

पद्भार ग्रहणपछि गरिएको निर्णयअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने ‘वर्कसप’ तथा ब्याट्री व्यवस्थापनबारे सुझाव सिफारिस गरिने भएको छ । साथै, विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय, गुणस्तर र मापदण्ड सुधारसम्बन्धी विषयमा समेत सुझाव सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालय अन्तर्गतका सडक विभाग र यातायात व्यवस्था विभाग आगलागीका कारण क्षतिग्रस्त भएको मन्त्री घिसिङलाई जानकारी गराउनुभयो ।

“अब सडक विभागका कामकारबाही ललितपुरस्थित चाकुपाटमा रहेको मेकानिकल ट्रेनिङ सेन्टरबाट गर्ने तयारी छ । तर यातायात व्यवस्था विभागको काम कारबाही अहिले पालमुनीबाट भइरहेको छ । अब कसरी व्यवस्थापन गर्ने अन्योल छ,” उहाँले भन्नुभयो, “मन्त्रीज्यू, तपाईं जनअपेक्षा अनुरुप काम गर्नुस्, हामी साथ दिनेछौँ ।” रासस