२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड



photo: rss
अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र समयमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज मन्त्रालयको पदभार ग्रहणपछि उहाँले अनुमतिपत्र ढिलो प्राप्त हुने गुनासोको सम्बोधन गर्न द्रूत गतिमा वितरण गर्नुपर्ने बताउनुभयो । मन्त्री घिसिङले सोअनुरुप कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । दसैँअघि सडक सुधार गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

“सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ । चुनौती त धेरै छन् तर जिम्मेवारीबाट भाग्ने छुट छैन,” मन्त्री घिसिङले भन्नुभयो, “कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्छ । यसका लागि चार्जिङ स्टेशन निर्माणबारे सात दिनभित्र प्रतिवेदन तयार गर्नुस् । अनि पेट्रोल तथा डिजेलको आयात घटाएर आर्थिक सुधार गर्न सकिन्छ ।”

पद्भार ग्रहणपछि गरिएको निर्णयअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने ‘वर्कसप’ तथा ब्याट्री व्यवस्थापनबारे सुझाव सिफारिस गरिने भएको छ । साथै, विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय, गुणस्तर र मापदण्ड सुधारसम्बन्धी विषयमा समेत सुझाव सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालय अन्तर्गतका सडक विभाग र यातायात व्यवस्था विभाग आगलागीका कारण क्षतिग्रस्त भएको मन्त्री घिसिङलाई जानकारी गराउनुभयो ।

“अब सडक विभागका कामकारबाही ललितपुरस्थित चाकुपाटमा रहेको मेकानिकल ट्रेनिङ सेन्टरबाट गर्ने तयारी छ । तर यातायात व्यवस्था विभागको काम कारबाही अहिले पालमुनीबाट भइरहेको छ । अब कसरी व्यवस्थापन गर्ने अन्योल छ,” उहाँले भन्नुभयो, “मन्त्रीज्यू, तपाईं जनअपेक्षा अनुरुप काम गर्नुस्, हामी साथ दिनेछौँ ।” रासस