६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अध्यादेश प्रकरणः नेकपाभित्र पुनः बल्झियो विवाद

अध्यादेश प्रकरणः नेकपाभित्र पुनः बल्झियो विवाद
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकारले जारी गरेको अध्यादेशपछिको अवस्था जटिल मोडमा पुगेको छ । सोमबार राष्ट्रपतिबाट जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विषयलाई लिएर नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खटपट पुनः उत्कर्षमा पुगेको हो । अध्यादेशले फेरी भैसेपाटी गठबन्धनलाई एकजुट बनाएको छ । विगत लामो समयदेखी यो गठबन्धन तोड्न ओलीले प्रयास गरेपनि त्यसमा असफल भएको विहिवारको बैठकले देखाएको छ । सोमबार बसेको सचिवालय बैठकमा ओलीको प्रस्तावमा घुमाउरो समर्थन गरेका सदस्यहरु समेत अहिले सो निर्णयका विरुद्ध उभिएका हुन् ।

सरकारले जारी गरेको अध्यादेशमा चौतर्फी विरोध भएपछि ६ सचिवालय सदस्य उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपार्टीमा भेला भएका हुन् । अध्यक्ष प्रचण्डको पहलमा भएको सो भेटमा उनिसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । उनिहरुले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक गम्भिर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । आगामी रणनीति बनाउन र सरकारको कामकारवाहीको समिक्षा गर्न उनिहरु सचिवालय र स्थायी कमिटिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेका छन् । उनिहरुले अध्यादेशले देशमा गम्भीर समस्या आएको निष्कर्ष निकाल्दै समाधान निकाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘अध्यादेशले उत्पन्न गम्भीर समस्या कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीलाई सुझाव दिने निर्णय गरेका छौं’, एक सदस्यले भने,‘परिस्थिति अलिक गम्भिर भएकाले केही दिनभित्र त्यसैगरी निर्णय पनि हुनसक्छ ।’ यद्यपी उनले त्यो निर्णयका बारेमा भने खुलाउन चाहेनन् । उनिहरुले अध्यादेश फिर्ता हुनुपर्ने स्पष्ट सन्देश भने प्रधानमन्त्रीलाई विहिवार साँझ नै दिएका छन् । प्रचण्डनिकट एक नेताका अनुसार स्थायी कमिटिको बैठक बसेमा त्यहा केही सदस्यबाट प्रधानमन्त्रीको राजिनामा माग गराउने तयारी भईरहेको छ । शिर्ष नेताबाट त्यो भन्ने सक्ने अवस्था नभएपछि स्थायी समिति सदस्यबाट यो मागलाई जोडतोडका साथ उठाउने योजना ओलीइत्तर पक्षको रहेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटिको बैठक नबोलाए कार्यकारी अध्यक्षको हैसियतमा रहेका प्रचण्डले नै बोलाउने सम्भावना पनि बढिरहेको छ । जुन कदम चाल्नु नपरोस् भने प्रचण्डले अध्यक्ष ओलीसँग गम्भिर छलफल गर्ने निष्कर्ष समेत भैसेपाटी बैठकले गरेको छ । बैठकबस्नु अघि विहिवार विहान प्रधानमन्त्री ओलीले प्रचण्ड र वरिष्ठ नेता नेपालसँग बालुवाटारमा छुट्टाछुट्टै छलफल समेत गरेका थिए । छलफलमा दुवै नेताले अध्यादेश फिर्ता लिने सुझाएको नेताहरुले बताएका छन् । उनिहरुले स्थायी कमिटिको बैठक तत्काल नभए केही दिनभित्र बोलाउन समेत सुझाव दिएका छन् ।

यसअघि बुधबार प्रचण्ड र नेपाल पक्षका २० स्थायी समितिले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेका थिए । दुई नेताले छलफल गरेपछि ६ सदस्य भैसेपाटी लागेका थिए भने प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास गएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले राष्ट्रपतिसँग नियमित भेटघाट रहेको जानकारी दिए । सौर्य दैनिक