६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

फरार कैदीबन्दीलाई कारागारमा उपस्थित हुन निर्देशन

फरार कैदीबन्दीलाई कारागारमा उपस्थित हुन निर्देशन
अ+ अ-

सुदूरपश्चिम। यही भदौ २४ गतेको प्रदर्शनका क्रममा कैलाली कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल कारागारमा उपस्थित हुन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

फरार भइरहने अवस्थाको निरन्तरता भएमा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिनुका साथै भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत असर पर्नसक्नेतर्फ स्मरण गराउँदै कार्यालयले आज एक सूचना जारी गरी कारागार र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

सूचनामा कैदीबन्दीले आत्मसमर्पण गरी सार्वजनिक सम्पत्ति संरक्षण, समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिएको छ ।

प्रदर्शनका क्रममा कारागारबाट ६६० कैदीबन्दी फरार भएकामा आजसम्म १२ महिलासहित ९२ जना फर्किएका कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आजै अर्को सूचना जारी गर्दै यही भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएपश्चात् चोरी र लुटपाट गरिएका सरकारी जिन्सी र बहुमूल्य समान बिक्री गर्नुका साथै घरमा लुकाइछिपाई राखिएको हुनसक्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेकाले त्यस्ता समान बिक्री नगर्न÷नगराउन, सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

त्यस्ता समान नबुझाई कसैले आफैँसँग राखेमा वा खरिद–बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने कार्यालयले सचेत गराएको छ । रासस