२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा हटेसँगै आजदेखि जनजीवन सामान्य बन्दै



अ+ अ-

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्याह्नदेखि निषेधाज्ञा एवं कर्फ्यू हटाएपछि यहाँको जनजीवन सामान्य बन्न थालेको छ ।

यही भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि सिर्जित अवस्थामा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार जिल्लाको सुरक्षा व्यवस्था सुदृढ भएसँंगै कर्फ्यू स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले आगलागीबाट क्षति पुगेका जिल्लाका सरकारी कार्यालहरूको क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै कार्यालयहरूको सफाइ गर्ने र नियमित सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताउनुभयो ।

आज दिनभर भक्तपुरका सडकहरुमा सार्वजनिक यातायातबाहेकका अन्य यातायात सञ्चालन भएका छन् । नेपाली सेनाको टोली आज सडकमा छैनन् भने प्रहरीहरू नियमित काममा फर्कन थालेका छन् ।

आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गर्नुभयो । रासस




भर्खरै