१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय हित र एकता प्रवर्द्धन गर्न सहयोगी भूमिकामा रहनेछौँ’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने स्पष्ट रहेको बताएको छ ।

“घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहाद्र्रताको प्रवर्द्धनमा आफूहरू सहयोगी भूमिकामा रहनेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

‘जेनजी’ आन्दोलनबाट मुलुकले प्रथम महिला प्रधानमन्त्री प्राप्त गरेकामा पार्टीको समर्थन रहे पनि संविधान पालनाको कोणबाट प्रश्न उठेको रास्वपाले उल्लेख गरेको छ । यस्तै, अन्तरिम सरकारबाट आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।

शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहिनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तरराष्ट्रिय सम्बन्ध एवं द्रूत गतिमा विकासको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ । रासस