६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति

लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति
अ+ अ-

काठमाडौँ। काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३० करोडभन्दा बढीको क्षति भएको छ ।

जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी भएको थियो । उक्त आगो भोलिपल्ट बिहान ५ः३० बजे नियन्त्रणमा आएको थियो । उक्त आगजनीबाट रु ३५ करोडभन्दा बढीको क्षति भएको लोत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।

दसैँ अगाडि उक्त घटना भएकाले चाडपर्व लक्षित गरी बिक्रीका लागि ल्याइएका कपडासहितका ५० भन्दाबढी कपडा पसल जलेर पूर्ण रुपमा नष्ट भएका प्रालिका अध्यक्ष एवं सञ्चालक दिपक कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कपडाबाहेक मोबाइल, रेष्टुरेन्टलगायत पसलसमेत जलेका छन् । यसअघि २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मल तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

सोहीबेला उक्त मलभित्र रहेको मोबाइल पसल लुटपाट हुनुका साथै प्रहरीको भ्यानहरु जलाइएको थियो । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष कुँवरले व्यावसायिक संरचनामाथि विभिन्न समय आक्रमण तथा आगजनी हुँदा व्यवसायीको मनोबल घट्दै गएको बताउनुभयो ।

“आगजनी र तोडफोडका घटनाले नेपालमा व्यवसाय गर्ने वातावरण हराउँदै गएको छ । व्यावसायिक भवनमा विभिन्न समयमा आक्रमण हुँदा चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो । मलभित्रका पसल लुटपाट गर्ने तथा आगजानी गर्नेलाई सिसि क्यामेरा फुटेजका आधारमा कडा कारबाही गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकासँग सार्वजनिक निजी साझेदारीमा लोत्से बहुउदेश्यीय प्रालिले नयाँबसपार्कमा मल सञ्चालन गर्दै आएको छ । विसं २०७४ मा लोत्से मल निर्माण गरी सञ्चालनमा ल्याइएको हो । रासस