१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय सम्बोधन गर्न वर्तमान संविधानभित्रैबाट सकिने बताउनुभयो । लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेकाले जेनजी पुस्ताले गरेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने बताउनुभयो ।

लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी देशको राष्ट्रियता कमजोर बनाउने षड्यन्त्रलाई विफल बनाउने विषयमा संवेदनशील हुन आग्रह गर्दै उहाँले जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिको सामूहिक छलफलबाट अन्तरिम सरकार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार कायम गर्दै भ्रष्टाचार गर्नेलाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताउनुभयो ।