८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरानी भएको देशलाई कसरी उठाउने ?



अ+ अ-

देश संचालनको जिम्मा पाएकाहरूको घमण्ड, नाताबाद, कृपाबाद, पार्टीबाद र चरम भ्रष्टाचारकै कारण मुलुक डुब्दै गयो । अन्तत: युवा पुस्ताको आक्रोशको आगोमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक निकायसम्म खरानी बने । २०७२ सालको संविधानले निर्माण गरेको संरचना पनि बालुवाको घरझैँ ढल्यो । व्यक्तिगत सम्पत्ति नष्ट भए, र मुलुक राज्यविहीन अवस्थामा पुगेको छ ।

राज्यका अन्य अंग असफल भई सकेको स्थितिमा सेना समयमा सक्रिय भई कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका सम्बद्ध अंगहरु ध्वस्त हुनबाट जोगाउनु पर्दथ्यो, यसमा भिन्न ब्यक्तिको भिन्न धारणा हुन सक्दछ् ।

यसैबीच सेना देशको “डिफ्याक्टो सरकार” बन्न पुगेको छ। फेरी नेपाली सेनाको मुख्यालयले आफु नया सरकार निर्माण गर्न गराउन सक्ने संस्था थिएन भने उसले जेनजीलाई वार्तागर्न शितलनिवास जाउ, हामी शन्ति सुरक्षा विषयमा मात्र हेर्दछौ भन्न सक्नु पर्दथ्यो ।

सरकार बनाउने कुरा गर्न आउ भने पछि सेनाले निश्चित समय दिएर कस्ले सरकार बनाउने हो त्यस ब्यक्तिको नाउँ देउ होइन भने हामीनै सरकार प्रमुख तोकिदिन्छौ भन्न सकेको भए मुलुक यसरी लामो समयसम्म सरकार विहिन अवस्थामा हुने थिएन् । यसो नगरिदिनाले मुलुक झनै तरल अवस्थामा पुगेको छ ।

यसैबीच २०७२ सालको संविधानअनुसार सरकार गठन हुनुपर्छ भन्ने माग उठेको छ, तर अर्कोतर्फ संसद् खारेज गरी गैरसांसदलाई प्रधानमन्त्री बनाउन जेनजीको प्रस्ताव आएको सुनिन्छ । मेरो विचारमा यस्तो माग संविधानसँग मेल खाँदैन । साथै २०७२ को संविधानले वर्तमान समस्याको समाधान दिन सक्दैन भने, केवल त्यसैमा अडिग रहिराख्नु आवश्यक छैन ।

२०४७ र २०६३ मा अन्तरिम संविधानमार्फत् राज्य सञ्चालनको अनुभवहरू पनि छन । अत् खरानी भएको मुलुकलाई फेरी खडागर्न चाँडै नया सरकार बन्नु पर्दछ । यसको लागि वर्तमान सविंधानका प्रावधानले मिल्छ मिल्दैन भन्ने बादबिबादमा फस्नु भन्दा नेपाली सेनाले सरकार बनाउने विषयमा छलफल चलाई सकेपछि उसले नै छिटो भन्दा छिटो जेनजीलाई तिमिहरु मिल्दैनो भने हामी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने तोकेर सपथ गराउँदछौ भनेर भन्न सक्नु पर्दछ ।

यताउती गरेर समय वर्वाद गर्नु हुन्न् । सरकार गठनमा जति ढिला हुन्छ, त्यतीनै अनेका शक्ति सलबलाउन थाल्दछन् । जेनजी अभियानमा लागेर ज्यान त्यागेकाको प्राण माथी फेरी तिनै नाताबाद, कृपाबाद, पार्टीबाद चलाउनेले जुत्ता लगाएर फुर्तिसाथ मार्च गर्ने छन् । यस्ता मार्चगर्न चाहनेहरुमा सत्ताको दुरुपयोग गरेर देश खरानी बनाउन सहायक भएकोमा कुनै पश्चातापको भावना देखिएको छैन ।

स्मरण रहोस तत्कालिन संविधानले कामगर्न नसक्ने भएपछि २०४७ र २०६३ मा अन्तरिम संविधान मार्फत राज्य संचालन गरेको उदाहरण हाम्रै छ । अत्: २०७२ को संविधानले जेनजीका माग सम्बोधन गर्न सक्दैन भने यसलाई पछ्याई राख्नु आवश्यक छैन्।साथै मेरो बिचारमा जेनजी सत्ता ढाल्न उद्यत हुने तर राज्य संचालनगर्ने जिम्मेवारी लिनबाट भने भाग्न मिल्दैन् ।

अत्: आगामी सरकार जेनजीको नेतृत्वमा बन्नु पर्दछ र उसले जसलाई विश्वास गर्दछ तिनले नया सरकारलाई राज्य संचालनमा सहायता पुर्याउनु पर्दछ । अन्त्य अन्तरिम सरकार अन्तरिम हुनु पर्दछ । निश्चित अवधि भित्र उसले भएकै संविधानमा फेर बदल गर्ने वा नया बनाउने भन्ने बारेको निक्र्यौल जन आवाज बुझेर गर्नु पर्दछ, तर जे होस नेपालको आगामी ब्यवस्था राजनीतिक दलको उपस्थिति रहेको उदार प्रजातान्त्रिक प्रणाली नै हुनुपर्दछ । साथै कुनै पनि शक्ति, क्षेत्र र जात जाती, धर्मलाई निषेध नगर्ने एव संरचनात्मक रुपमा बोझिलो समेत हुनु हुन्न् ।




भर्खरै