१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू



अ+ अ-

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरधामले अर्को आदेश नभएसम्म आज साँझ ६ बजेदेखि भोलि २७ गते बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६को उपदफा (३ क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको सो कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

कर्फ्यु आदेश जारी रहेसम्म कुनै प्रकारको प्रदर्शन, भेला, जुलुस, सभा, सम्मेलन, बैठक तथा घेराउ गर्न नपाउने सूचनामा जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यसअघि आज बिहान ११ बजेदेखि आज साँझ ५ बजेसम्म धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी भएको सूचनामा जनाइएको छ । साथै जिल्लामा शान्तिसुरक्षा कायम गर्न नेपाली सेना परिचालन भइरहेको सूचनामा उल्लेख गरिएको छ । रासस