३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ: नेकपा एमाले

राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ:  नेकपा एमाले
फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले हालको असामान्य परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै भदौ २३ र २४ का घटनामा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ ।

सो पार्टीले तोडफोड, आगजनी, लुटपाट र व्यापक विनाशका दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न माग पनि गरेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवामध्ये ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार र पीडित परिवारको सहानुभूति प्रकट गरेका छन् ।

देशव्यापी तोडफोड र आगजनीले ऐतिहासिक सरकारी संरचना, संवैधानिक निकाय, मिडिया हाउस, निजी व्यवसाय र सार्वजनिक सम्पत्तिलाई ठूलो क्षति पुर्याएको एमालेको ठहर छ ।

यस्तै। विनाशकारी गतिविधिमा कसरी संलग्नता भयो भन्ने सत्यतथ्य छानबिन गर्न, योजनाकार र अपराधीलाई कानुनी दायरामा ल्याउन र सुरक्षा निकायको भूमिकामाथि समीक्षा गर्न एमालेले माग गरेको छ ।

प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने उल्लेख गर्दै एमालेले सुशासन, नातावाद अन्त्य, रोजगारी र विकासमा केन्द्रित समाधानको आवश्यकता औंल्याएको छ ।

एमालेले संघीय संसद, न्यायपालिका, प्रदेश र स्थानीय सरकारलाई लोकतन्त्र र सेवाप्रवाहको रक्षा गर्न आग्रह गरेको छ । साथै, तोडफोड र लुटपाट रोक्न नेपाली सेना लगायत सुरक्षा निकायको सक्रियता बढाउन आह्वान गरेको छ ।

पार्टीले परिस्थिती सामान्य भएपछि बैठक बसेर समग्र अवस्थाको समीक्षा र आगामी रणनीति तय गर्ने जनाएको छ । कार्यकर्ता र समर्थकलाई उच्च मनोबल राखी एकताबद्ध भई सामाजिक सद्भाव र सहयोगमा अग्रसर हुन पनि एमालेले आह्वान गरेको छ ।