६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एकसाता बढाउने तयारी

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एकसाता बढाउने तयारी
अ+ अ-

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन एकसाता बढाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले एक साता बढाउने सिफारिस गरेपनि अन्तिम निर्णय भने आइतवार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । समितिको शनिवार सिंहदरवारमा बसेको बैठकले बढिमा एकसाता लकडाउन लम्बाएर मोडालिटी परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो । मोडालिटी तयार पार्न मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । मोडालिटी तयार पार्दै उनले विभिन्न विज्ञ तथा विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)को सुझाव अनुसार अझै एकसाता लकडाउन थप्नुपर्ने र ठाँउ हेरेर खुकुलो गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतको भनाई छ ।

यद्यपी उनि छलफलमै रहेकाले थप निर्णय भने मन्त्रिपरिषद्ले गर्ने बतायो । लकडाउन मोडालिटीमा विकास निर्माण, कृषि क्षेत्र, उद्योग र शिक्षालाई कोरोनाले असर नगर्नेगरी कसरी अगाडी बढाउने भन्ने विषयलाई जोड दिन भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यी क्षेत्रमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् । डब्लुएचओ कोरोना महामारीको असर कहिलेसम्म रहने भनेर एकिन गर्न नसकिने बताएकाले विकल्प खोज्नुपर्ने निष्कर्षमा प्रधानमन्त्री ओली रहेका छन् । समितिले मोडालिटीमा मुख्यगरी गाँउ फर्किएकालाई स्थानीय काममा लगाउन प्रेरित गर्ने, ठुला विकासका निर्माणमा स्थानीय मजदूरलाई नै प्रयोग गर्ने, केही प्रावधानसहित कृषि क्षेत्र र उद्योगलाई संचालन गर्न दिनुपर्ने लगायतमा सहमति जुटाएको छ । सो विषयलाई मोडालिटीमा राखिएको छ ।

यसैगरी कोरोनाको असर हेरेर क्षेत्र तोक्ने पनि मोडालिटीमा उल्लेख छ । रेड, एल्लो र ग्रिन जोन निर्धारण गरी त्यसै अनुरुप गतिविधि संचालन हुन दिने पनि उल्लेख गरिएको स्रोतको भनाई छ । उदयपुर, पर्सा लगायतका संक्रमण देखिएका क्षेत्रलाई संवेदनशील क्षेत्र मानिएको छ । यो क्षेत्रमा लकडाउन झन् कडा बनाउने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी थप्ने र यसमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने र यस्ता क्षेत्रमा परीक्षण पनि व्यापक मात्रामा बढाउने तयारी सरकारको छ । यो मोडालिटीमा जाँदा एल्लो जोनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि अर्कै रणनीति अपनाइनेछ । यो क्षेत्रमा संक्रमण छैन तर परीक्षण हुन बाँकी ठूलो समूह छ । यसैले यहाँ परीक्षण अझै बढाउने र लकडाउन पनि तुरुन्तै खुकुलो नपार्ने रणनीति लिनुपर्ने बताइएको छ । ग्रिन जोनमा काठमाडौं र पोखरालगायतका ठूला सहरहरु छन् । यी सहरहरु जहाँ संक्रमित छैनन् तर आर्थिक कारोबारका यी केन्द्रहरु हुन् । यी स्थानमा कडा अनुगमनका साथ लकडाउन खुकुलो बनाउनु पर्ने प्रस्ताव दिइएको छ । मुख्यमन्त्रीले तयार पारेको मोडालिटीमा यी कुराहरु समावेश गरिएको एक मन्त्रीले जानकारी दिए ।

यसैबीच, समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ । सचिव नारायणप्रसाद बिडारीले उडानहरु जेठ २ गतेसम्म कायम राख्ने निर्णय भएको जानकारी दिए । कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो । कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का समयमा हालसम्म भएगरेका कामको समीक्षा गर्दै बैठकले लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकालेको छ । समितिले लकडाउनका लागि चालिएका कदम ठीक दिशातर्फ उन्मुख रहेको निचोड रहेको बताउँदै सचिव बिडारीले लकडाउन कसरी अघि बढ्छ भन्नेबारे सरकारबाट छिट्टै निर्णय आउने जानकारी दिए ।

उनले भने, ‘कोरोना नियन्त्रण र रोकथामको जोखिम हुन नदिन लकडाउन सफल रह्यो, यसकै कारणले जोखिम धेरै रोक्न सक्यौं, थोरै प्रवेश गरे पनि नियन्त्रणमै राखिएको छ, हामी सही ट्र्याकमा छौँ, उदयपुरको एउटा घटनाबाहेक अन्य ठाउँमा बिरामी कम हुनुहुन्छ । कोरोना सङ्क्रमितमध्ये १० जना उपचारपछि घर फर्किसक्नुभएको छ ।’ छिमेकी मुलुकमा भइरहेको संक्रमणको अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ । बैठकमा हालसम्मका लकडाउनकोे प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु¥याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।

समिति लकडाउनको पाटोमा अझै समीक्षा र विचार गरेर आवश्यकतानुरुप निर्णय गर्दै अघि बढ्ने छ । ‘उपचारका क्रममा ट्रेस, ट्र्याकिङ र ट्रिट्मेन्ट गर्नेलगायत विषयलाई अझै प्रभावकारी तुल्याउने भन्ने भएको छ’, उनले भने । सबै प्रदेशमा अहिले औषधि र औषधिजन्य सामग्रीको आपूर्ति उपलब्धता सहज अवस्थामा रहेकाले कुनै पनि अभाव नरहेको र आवश्यकतानुरुप सामग्री पु¥याउन सक्ने अवस्थामा भएको समितिको बुझाइ छ । सौर्य दैनिक