६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘द्वन्द्वकालीन गम्भिर घटनामा क्षमा मिल्दैन’

‘द्वन्द्वकालीन गम्भिर घटनामा क्षमा मिल्दैन’
सर्वाेच्च अदालत
अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले द्वन्द्वकालीन गम्भिर घटनालाई उन्मुक्ति दिन नसकिने आफ्नो निर्णय उल्टाउन अस्विकार गरिदिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी आफ्नो यसअघिको फैसलालाई पुनरावलोकन गर्न आवश्यक नरहेको ठहर गरेको हो । ५ सदस्यीय बृहत् पूर्ण इजलासले पाँच वर्षअघिको फैसला पुनरावलोकन गर्न नपर्ने ठहरसहित निस्सा दिन अस्विकार गरेको छ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी लगायतले दायर गरेको रिट निवेदनको १४ फागुन २०७१ को फैसलाले द्वन्द्वकालीन न्याय निरुपणमा अप्ठेरो परेको भनी सरकारले नै त्यो फैसला उल्ट्याउन सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको वृहत पूर्ण इजलासले पुनरावलोकनमार्फत् अदालतको अघिल्लो फैसला उल्ट्याउन सरकारले दिएको निवेदन खारेज गरिदिएको हो । न्यायाधीशहरू कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्र शमशेर जबराले २०७१ सालमा गरेको उक्त फैसलाले पीडितको हितलाई केन्द्रमा राखेर मात्रै नेपालको संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन आदेश दिएको थियो । पीडितको पक्षमा कोशेढुंगा मानिएको उक्त फैसला उल्ट्याउने सरकारी प्रयासलाई सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको हो । सर्वोच्चको आदेश अनुसार अब त्यस्ता घटनामा संलग्न भएकालाई कानुनी कारवाही अगाडी बढाउन बाध्यकारी हुनुपर्नेछ ।

२०७२ को चैतदेखि सुनुवाइ भइरहेको यो पुनरावलोकन निवेदन खारेज भएपछि अब सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनसम्बन्धी ऐनलाई सर्वोच्चको पुरानै आदेश बमोजिम संशोधन गर्नुपर्नेछ । सर्वोच्च अदालतले दशक लामो हिंसात्मक विद्रोहकालमा भएका अपराधसँग सम्बन्धित अदालतमा विचाराधीन रहेका मुद्दामा नियमित फौजदारी कानून र अदालती प्रक्रिया आकर्षित हुने तथा गम्भीर अपराधमा क्षमादान नमिल्ने फैसला गरेको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोग गठन सम्बन्धी ऐनबारे परेको रिटमा अदालतले सुनाएको फैसलाले माओवादीको दशक लामो हिंसात्मक विद्रोहकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने मार्ग खोलेको थियो भने अदालतमा विचाराधीन मुद्दा संक्रमणकालीन न्यायका संयन्त्रहरूमा नजाने फैसला सुनाएको छ । द्वन्द्वकालका पीडितको न्याय पाउने हक सुनिश्चित गर्ने गरिको सर्वोच्चको उक्त फैसला संक्रमणकालीन न्यायिक प्रक्रियामा नौलो र अनुकरणीय थियो। द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा समेत पीडित र पीडकबीच मेलमिलाप गराएर घुमाउरो तवरले क्षमादान दिने दुरासयसहित ऐन ल्याइएको थियो र त्यसमा संशोधन गर्न अदालतले आदेश दिएको थियो ।

मेलमिलाप जबर्जस्ती लाद्न नसकिने, पीडितको आत्मसम्मानमा चोट पुग्ने गरी मेलमिलाप हुन नहुने र मेलमिलाप गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई आममाफी दिने माध्यमका रूपमा प्रयोग हुन नसक्ने र नहुनेु अदालतले स्पष्ट गरेको थियो । सर्वोच्चले यातना, बलपूर्वक बेपत्ता, बलात्कार र नियन्त्रणमा लिएर गरिएको हत्यालाई गम्भीर प्रकृतिका अपराधमा सूचीकृत गर्दै तिनमा पीडितको सहमति हुँदा पनि मेलमिलाप हुन नसक्ने आदेश दिएको थियो ।

सरकारले सर्वोच्च अदालतको यस्तो आदेश मुताबिक कानून संशोधन गर्नुको सट्टा पुनरावलोकनमार्फत् सर्वोच्चको आदेश नै खारेज गर्ने बाटो समातेको थियो । ११ साउन २०७२ मा सुशील कोइराला नेतृत्वको सरकारले (कानूनमन्त्री नरहरी आचार्य) सर्वोच्च अदालतको यस्तो आदेश उल्ट्याउन माग गर्दै पुनरावलोकनको निवेदन दिने निर्णय गरेको थियो । सौर्य दैनिक