काठमाडौं: जेन जी हरुले गरेको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा परेका सयौं व्यक्ति घाइतेहरु अहिले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
राजधानीका ट्रमा सेन्टर, सिभिल अस्पताल, टिचिङ, केएमसी समेतका अस्पतालमा चार सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ । तर अस्पतालमा अहिले अत्यावश्यक चिकित्सा सामग्रीको अभाव हुन थालेको छ ।
रगत अभाव भने नभएको बताइएको छ । एक चिकित्सकका अनुसार, अस्पतालमा बिरामीको चाप अत्यधिक रहेकाले ग्लाेब, स्लाइन, सिरिन्ज जस्ता चिकित्सा सामग्री अभाव हुन थालेको छ । खासगरी अत्यावश्यक लाइफ सेभिङ सामग्रीको अभाव छ ।
अस्पतालमा कुनै किसिमको अभाव हुन नदिन विभिन्न संस्थाहरुले सामान उपलब्ध गराए पनि त्यो पर्याप्त नहुने स्थिति उत्पन्न भएको ती चिकित्सकले बताए ।










