६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोटेश्‍वर भेलाको निष्कर्ष: ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने

कोटेश्‍वर भेलाको निष्कर्ष: ओलीको विकल्प खोज्‍न सबै उपाय अपनाउने
अ+ अ-

काठमाडौं । नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्। उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।

फाइल तस्बिर

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए। नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए। दाहाल र नेपालनिकट २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रूपमा दुई अध्यादेश ल्याएका थिए। चौतर्फी विरोधपछि ओलीले पाँच दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए। पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ।

अध्यादेश प्रकरणका विषयमा प्रधानमन्त्रीले पार्टी बैठकमा जवाफ दिनुपर्ने उनीहरूको माग छ। ‘बाहिर–बाहिर छलफल गरेर केही हुँदैन । पार्टीभित्रै छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ। त्यसका लागि बैठक बोलाउन अडान लिनुहोस् भन्ने सुझाव हामीले दिएका छौं’, स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘प्रधानमन्त्री मान्नुहुन्न भने पनि के–के उपाय खोजेर हुन्छ बैठक बोलाउने वातावरण बनाउनुहोस्। छलफल बैठकमै गरौं भन्ने छ।’ अर्का नेता सुरेन्द्र पाण्डेले पार्टी बैठक छलेर समस्याको समाधान नहुने भएकाले बैठक दबाब बढाउन नै छलफल भएको बताए। ‘हामीले स्थायी समितिको बैठक बोलाउन भनेका छौं। बैठकबाट भागेर, त्यसलाई छल्न खोजेर कुनै समस्याको समाधान हुँदैन’, उनले भने, ‘यी सबै काम ९अध्यादेश ल्याउनेलगायत० किन गरेको भन्ने हुुनुप¥यो। यसका लागि पहल लिनुहोस्।’

ओली पक्षले भने यसलाई प्रधानमन्त्रीविरुद्धको घेराबन्दीका रूपमा अथ्र्याउन थालेको छ। नेताहरूका आआफ्ना अडानका कारण नेकपाभित्रको संघर्ष चर्किंदै जाने संकेत देखिएको छ। प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेतासँगको परामर्शलाई तीव्र बनाएका छन्। उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी समिति सदस्य सुवास नेम्बाङ, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, विष्णु रिमाललगायत नेता र कानुन व्यवसायीसँग बालुवाटारमा छलफल गरे। प्रधानमन्त्री दबाब परे स्थायी समिति नबोलाई सचिवालय बैठक भने बोलाउने निष्कर्षमा पुगेका छन्। उनले सम्भवतः सोमबार (आज) सचिवालय बैठक बोलाउने संकेत गरेका छन्। सचिवालय बैठकबारे आइतबार दाहालसँग छलफल भए पनि ओलीले अन्तिम समयमा कार्यव्यस्तता देखाएको एक नेताले बताए। स्थायी समिति बोलाएर आफ्नो आलोचनामा नेताहरूलाई उत्रिन दिने पक्षमा ओली देखिँदैनन्।

‘अध्यादेश फिर्ता लिएर मात्र हुँदैन भन्ने उहाँ ९दाहाल–नेपाल पक्ष०हरूको माग हो भने त्यो छलफल सचिवालयमा गरे पनि हुन्छ। अहिले नै स्थायी समिति बोलाउन सकिन्न। प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार हुनुभएको छ’, ओलीनिकट एक स्थायी समिति सदस्यले भने। ओलीले शनिबार दाहाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेतासँग स्थायी समिति बैठक पछि धकेलेर विवाद मत्थर बनाउने योजनामा छलफल गरेका थिए। गौतम र नेपाललाई दाहालसँगको विवादमा मध्यस्थताको भूमिका खेलिदिन ओलीले आग्रह गरेका थिए। दुवै नेताले तत्काल पार्टी बैठक बोलाउन भनेपछि ओलीले थप दबाब महसुस गरेको जनाइएको छ।

४४ सदस्यीय स्थायी समितिमा दाहाल र नेपाल पक्षका ३२ सदस्य छन्। ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। महासचिव पौडेल मझधारको भूमिकामा देखिएका छन्। अध्यादेश ल्याउँदा प्रधानमन्त्रीनिकटकै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली विपक्षमा देखिएका थिए। दाहाल–नेपाल पक्ष सचिवालय बैठक बोलाए त्यही बैठकबाट स्थायी समितिको टुंगो लगाएर जाने तयारीमा छन्। प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले ओलीको प्रतिरक्षा गर्न आइतबार दिनभर राजनीतिक सक्रियता देखाए।

उनले बिहान दाहाललाई उनकै निवासमा पुगेर भेट गरेका थिए। सिंहदरबारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालसँग उनले छलफल गरे। यो छलफल ढकालको पहलमा भएको हो। पूर्वएमाले पक्षका नेताहरुको एकतामा जोड दिने गरी ढकालले भट्टराई र भुसालसँग छलफल गरेको बताइन्छ। प्रधानमन्त्री ओली आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवास पुगेका थिए। (अन्नपूर्णपोष्टमा समाचार छ)