६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मझधारमा माधव नेपाल

मझधारमा माधव नेपाल
file photo
अ+ अ-

काठमाडौँ । तत्कालीन एमालेमा लगातार १५ वर्षसम्म नेतृत्व सम्हालेका नेता माधवकुमार नेपालको घरमा नेकपा एकीकरण हुनुअघिसम्म एकदम धेरै चहलपहल थियो । सबैतिरका नेताको आउजाउ बाक्लो हुन्थ्यो । जब एमाले र माओवादी मिलेर नेकपा बन्यो, कोटेश्वरमा नेपाल सम्झिएर जाने नेताहरूको संख्या ओरालो लाग्यो । अझ केपी शर्मा ओली पक्षका त नेता मात्रै होइन, कार्यकर्ताले समेत फर्किएर हेरेनन्। तर पछिल्लो समय कोटेश्वरको माहोल फेरिएको छ, नेकपा वरिष्ठ नेता नेपाललाई भेट्न नेताहरू ह्वारह्वार्ती गइरहेका छन्। ‘कोटेश्वरमा राजनीतिक माहोल संविधानसभा चुनाव अगाडिको जस्तै छ। पार्टी एकता भएपछि नआएका ओली समूहका नेता सबैभन्दा धेरै आए,’ नेपाल सचिवालयका एक सदस्यले भने।

पार्टी एकीकरण भएपछि एक्ल्याइएका नेता नेपालको घरमा सरगर्मी बढ्नुको एउटै कारण हो, नेकपाभित्रको राजनीतिक किचलो। पार्टी समीकरणमा नेपालको स्थान तेस्रो भएपछि दुई अध्यक्षबीच किचलो हुँदा उनको मत जहिले पनि निर्णायक हुने गरेको छ। अहिले पनि नेपालसित सहकार्यको हात बढाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बराबरी नै जोडबल गरिरहेको पछिल्ला भेटघाट र छलफलको शृंखलाले नै पुष्टि गरेको छ। ‘तर कुन पक्षसँग कसरी मिलेर जाने भन्नेमा उहाँले ठोस निर्णय गर्न सक्नुभएको छैन,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘दुवै अध्यक्षहरूको प्रस्तावबारे गम्भीर विमर्श भइरहेको छ।’

‘पूर्वएमाले नछुट्टिऔं’

नेता नेपालले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब ४५ मिनेट छलफल गरे। छलफलमा ओलीले नेपाललाई पार्टी अध्यक्ष बन्न पुनस् प्रस्ताव गरेको स्रोतहरूको भनाइ छ। अध्यादेश प्रकरणले आलसतालस परेपछि यो प्रस्ताव ओलीका तर्फबाट यसअघि पनि आएको थियो। सोमबार पनि ओलीले मुख्यमन्त्रीहरू हेरफेर गरेर प्रदेश १ र ३ या यी दुईमध्ये कुनै एकमा नेपाल समूहका नेतालाई बनाउने, केन्द्र सरकारको पनि मन्त्रिपरिषद् फेरबदल गर्ने र आफ्नै सचिवालयमा पनि जनतासँग भिजेका नेताहरूलाई ल्याएर प्रधानमन्त्री कार्यालय विवादरहित बनाउने प्रतिबद्धता जनाएका थिए। तर नेपालले यस्ता प्रस्तावहरू यसअघि पनि आएर धोका पाएको भन्दै औपचारिक फोरममै छलफल गर्नुपर्ने जवाफ प्रधानमन्त्रीलाई दिए। नेपालले अध्यादेश प्रकरणले निम्त्याएको छलफलको सिलसिला सुरु हुनुअघि नै कान्तिपुरसँग भनेका थिए, ‘ओलीसँग सहमति गर्नै परे अब उधारो हैन, नगदमै गरिन्छ।’

ओलीले पार्टीभित्र आफू अप्ठ्यारोमा पर्दा बारम्बार बोलाएर छलफल गर्ने तर अलिकति सहज हुनेबित्तिकै वास्तै नगर्ने गरेको भन्दै नेपाल असन्तुष्ट थिए। ‘त्यसैले प्रधानमन्त्रीले एक्लाएक्लै भएको भेटमा गरेका प्रस्तावहरूलाई उहाँले पत्याइहाल्नुभएको छैन।’ ओलीको प्रस्तावमा नेपालले अविश्वास गरेकैले तिनै प्रस्तावहरूको सेरोफेरोमा छलफल गर्ने भन्दै अनौपचारिक संयन्त्र बनेर करिब ४ घण्टा छलफल भयो तर त्यहाँ ओली समूहका तर्फबाट खास कुनै प्रस्ताव नआएको नेताहरूको भनाइ छ।

नेपाल निवास कोटेश्वरको आडैमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघको कार्यालयमा बसेको बैठकमा मन माझामाझ मात्रै भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। ‘उत्पन्न समस्या समाधान गर्ने र पार्टीलाई एकताबद्ध ढंगले लैजाने भन्नेबारे अनौपचारिक कुरा भएको छ,’ उनले भने, ‘पार्टीमा देखा परेको गतिरोध छिटो समाधान गर्नुपर्छ र त्यसका लागि यथाशीघ्र स्थायी कमिटी बैठक बोलाउनुपर्छ भनिएको छ।’

उक्त बैठकमा ओली पक्षीय नेताहरूले हतारमा भन्दा समस्या समाधान हुने गरी नै स्थायी कमिटी बैठक बोलाउनुपर्ने बताएका थिए। त्यहाँ ओली र नेपालबीच भएको छलफलअनुसार ओली पक्षीय नेताबाट शक्ति सन्तुलनको प्रस्ताव आउने आशा नेपाल पक्षीय नेताहरूले गरेका थिए। तर उनीहरूले ओली र नेपालका बीचमा भएको छलफलमा जस्तो कुनै पनि प्रस्ताव बैठकमा नल्याएको स्रोतको भनाइ छ। ‘त्यही भएर बन्द कोठामा ओलीजीले गरेका मीठा कुराको पछि नलाग्नुस् भनेर माधव कमरेडलाई सुझाव दिएको छु,’ बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता चोटाकोठामा बसेर गरिएको छलफलले कुनै पार लाग्दैन, औपचारिक ढंगले निकास निस्किनुपर्छ।’

ओली पक्षका नेताहरूसँगको छलफलमा पनि नेपाल पक्षीय नेताहरूले पार्टी र सरकारको गतिरोधको मूल कारक प्रधानमन्त्री ओली नै भएकाले त्यसको निकास उनले नै दिनुपर्ने बताएका थिए। ‘समस्याको निकास खोज्ने सन्दर्भमा ओलीजीको धारणा के छ, औपचारिक प्रस्ताव उहाँबाट आओस्,’ बैठकमा नेपाल पक्षीय नेताहरूको भनाइ थियो, ‘त्यसपछि बाँकी निर्णय औपचारिक कमिटीको बैठक बसेरै गर्छ।’ नेताहरू मिलेर जानुपर्छ भन्नेबाहेक थप ठोस कुराकानी नभएपछि बैठकको सन्देश लिएर ओली पक्षका नेताहरू बालुवाटार पुगेर ब्रिफिङ गरेका छन्। बालुवाटारको छलफलमा उनीहरूले अहिलेसम्मका छलफल निरर्थक बनेको निष्कर्ष निकालेको एक नेताले बताए।

दुई पक्षीय छलफलमा ओली पक्षबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए भने अर्को पक्षबाट स्वयं वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त उपस्थित थिए। वरिष्ठ नेता नेपाललाई ओली पक्षीय नेताहरूले पूर्वएमाले समूहको गठजोड बलियो बनाउन प्रस्ताव गरेको यो पहिलो घटना भने होइन। सभामुखका लागि सचिवालयका बहुमत सदस्य एकातिर भएर आफ्नो इच्छाविपरीत अग्नि सापकोटामा निर्णय गरेकै बेला ओलीले पार्टीमा आफू कमजोर भइरहेको महसुस गरेका हुन्। अझ माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीमा ओली पक्षको मत स्पष्ट रूपमा क्षीण भएपछि वरिष्ठ नेता नेपाललाई ओलीको समूहमा ल्याउने भरमग्दुर कसरत भइरहेको थियो।

त्यसको अगुवाइ तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए भने ईश्वर पोखरेल, शंकर पोखरेल, भानुभक्त ढकाललगायत नेताहरू पनि पूर्वएमाले पक्ष बलियो बनाउनुपर्छ भनेर बारम्बार नेपाल निवास कोटेश्वर गइरहन्थे। त्यसपछि एमसीसी प्रकरण, राष्ट्रिय सभामा वामदेव गौतम या युवराज खतिवडा भन्नेलगायतका विषयमा पनि नेपाल ओलीको पक्षमा नदेखिएपछि ओली समूह नेपाललाई फकाउने दौडमा द्रुत गतिले लागिरहेको थियो। तर नेपाल शक्ति सन्तुलनमा ओलीबाट स्पष्ट प्रस्ताव खोजिरहेका थिए, जुन उनलाई प्राप्त भइसकेको थिएन। त्यतिखेरैको छलफलका सन्दर्भमा नेपालले ‘उधारो सहमति गरेर धेरैपटक धोका पाएकाले जे–जे हुन्छ, हातहातै हुन्छ’ भनेका थिए।

यसपालि ‘हातहातै’ सहमतिको कुरा ओलीले नेपालसँग आफ्नो र विभिन्न सूत्रमार्फतको छलफलमा गरेका छन् तर ओली–नेपाल पक्षीय नेताहरूको भेलामा यसखाले कुनै प्रस्ताव नआएकाले नेपालले विश्वास गरिहालेका छैनन्। ‘त्यसकारण पनि हामीले यस्ता छलफल औपचारिक फोरममै होऊन् भनेका हौं,’ नेपालनिकट एक नेताले भने।

दाहाल एक कदम अगाडि

नेपाल आफ्नो पक्षमा हुँदा आफू कति बलियो हुन्छु भन्ने आकलन अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि गरेका छन्। त्यसैले उनले आइतबार कोटेश्वरमा भएको नेपाल पक्षीय नेताहरूको भेलामा खुलेरै भने, ‘अबको प्रधानमन्त्री तपाईं हो, नाइँनास्ति गर्न पाउनु हुन्न।’ उक्त भेलामा अरू नेताहरूले पनि ओलीबाट देश र पार्टी चल्न नसक्ने भन्दै ठोस प्रस्ताव ल्याउन दाहाल र नेपाललाई आग्रह गरेका थिए। जब कोटेश्वरको भेला सकेर दाहाल निजी निवास खुमलटार पुगे, उनले प्रधानमन्त्रीले नेपाललाई पार्टी अध्यक्षको प्रस्ताव फेरि गरेको र त्यसबारे नेपालले निकटस्थहरूसँग छलफल गरिरहेको थाहा पाए।

लगत्तै दाहालले नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद रोजेर लिन प्रस्ताव गरेको स्रोतहरूको दाबी छ। नेपालले यो विषयमा पनि आफ्ना निकटहरूसँग छलफल र परामर्श गरेका छन्। ‘जसरी ओलीको प्रस्तावमा आँखा चिम्लेर विश्वास गर्ने ठाउँ छैन, दाहालको प्रस्तावमा पनि विश्वस्त हुने आधार छैन,’ नेता नेपाललाई धैर्य हुन सुझाव दिएका एक स्थायी कमिटी सदस्यले भने, ‘केपीजीबाट जस्तै प्रचण्डजीबाट पनि हामीले यसअघि बारम्बार धोका पाएका छौं।’ कान्तिपुर दैनिक