३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

सर्वोच्च अदालतको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता वडाल

सर्वोच्च अदालतको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता वडाल
अ+ अ-

महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गर्नुभएको छ ।

महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गर्नुभएको हो ।

सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उहाँको भनाइ छ । उहाँले मुलुकको सर्वोच्च दुवै पदमा पुरुष नियुक्त गर्न पाउने सर्वोच्चको व्याख्याका कारण महिलाको प्रतिनिधित्वको संवैधानिक अधिकार खोसिएको टिप्पणी गर्नुभयो । उहाँले राज्य अन्य सबै निकायहरुमा दुई जनामध्ये एक जना महिला रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख वा उपसभामुख तथा  प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला रहेको उदाहरण दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले गरेको एउटा गलत फैसलाको कारणले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन पुग्नुभएको छ । त्यो कुरालाई अपवाद मान्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनु भएको छ । प्रतिनिधि सभाको सभामुख र उपुसभामुखमध्ये एक जना महिला हुनु भएको छ । प्रदेश सभाको प्रमुख र उपप्रमुखमध्ये पनि एक जना अनिवार्य रुपमा महिला हुनु भएको छ । तर दुर्भाग्य राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष हुने व्याख्या हाम्रो सर्वोच्च अदालतबाट भयो । जसको कारणले गर्दा त्यहाँ महिला अधिकार खोसिन पुगेको छ भन्ने मेरो बुझाई छ ।’

सम्पतीको हकअनुसार घर जग्गा महिलाको नाममा दर्ता हुने प्रक्रिया बढ्दै उल्लेख गर्दै उहाँले यो सकारात्मक भएको बताउनु भयो ।