२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेड्स नेपालको ३२औं साधारण सभा सम्पन्न



अ+ अ-

काठमाडौं । स्वास्थ्य, शिक्षा, कृषि, तथा विकास समाज (हेड्स नेपाल) को ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दिलिप देवकोटाको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि राष्ट्रिय महिला आयोग तथा मानव अधिकार आयोगका पूवसदस्य मोहना अन्सारी रहनुभएको थियो ।

कार्यक्रममा गणेश पराजुली, प्रा.डा. लेखनाथ शर्मा, हरिसिंह केसी, डा. सिर्जना कोइराला (चालिसे) लगायतबाट साधारणसभा तथा केन्द्रीय अधिवेशनको सफलताको कामनासहित नवनिर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनको अवसरमा हेड्स नेपालका लागि भूमिदान गर्ने जग्गादाता गोपालकुमार श्रेष्ठ, तथा आजिवन सदस्यहरू एवं उत्कृष्ट कार्य गर्ने गोरखा जिल्ला समितिका अध्यक्ष ओमबहादुर श्रेष्ठलाई सम्मानसहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

अधिवेशनको बन्द सत्रमा अध्यक्षबाट हालको कार्यसमितिले गरेको विशेष कार्यक्रम घोषणा, विशेष सम्झौता सम्पन्न बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी केन्द्रीय समितिको तर्फबाट महासचिवद्वारा चालु आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन र २०८२/८३ को प्रस्तावित कार्यक्रमहरू र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन पेश गरिएको थियो । प्रस्तुत प्रतिवेदन र कार्यक्रमहरू बन्द सत्रमा उपस्थित सभासदहरूबाट सर्वसम्मतबाट पारित गरिएको थियो ।

तीन सदस्यीय निर्वाचन मण्डलबाट अध्यक्ष, दिलिप देवकोटा; निवर्तमान अध्यक्ष, ईश्वरचन्द्र बानियाँ; वरिष्ट उपाध्यक्ष द्वय, दिव्यराज पौड्याल र सन्तमान श्रेष्ठ; उपाध्यक्षद्वय, गायत्री जोशी र रामबहादुर श्रेष्ठ; महासचिव, केशव बर्तौला; सचिव, हिमा ढकाल; कोषाध्यक्ष, लक्ष्मीश्चर देवकोटा, सह–कोषाध्यक्ष, शान्ति लामा श्रेष्ठ, सदस्यहरू, रामकृष्ण शर्मा, हिरालाल श्रेष्ठ, निना रिजाल, ज्ञानेन्द्र पौड्याल, यादव रिजाल, अभिमन्यु खड्गीसहित १ जनापछि थप गर्ने गरी १७ सदस्यीय नवनिर्वाचित कार्य समिति घोषणा गरिएको छ ।

सदस्यहरूको सदस्यता शुल्कबाट र परोपकारी सहयोगी मनहरूको सहयोगमा सञ्चालित नितान्त विशुद्ध तथा पवित्र परोपकारी, सामाजिक, स्वयंसेवी यस संस्थाले स्थापना काल (वि.सं. २०५०) देखि हालसम्म स्वास्थ्य, शिक्षा, कृषि, तथा प्राकृतिक प्रकोपहरूमा देशव्यापी रूपमा योगदान पुर्‍याउँदै आइरहेको छ ।