१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसालय आश्रमलाई सामाजिक सेवा पुरस्कार



अ+ अ-

काठमाडौँ; ललितपुर महानगरपालिका–२५, नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रमलाई यस बर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । सो कोषले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको हो ।

साथै सोही कार्यक्रममा उक्त फाउन्डेसनलाई आयमूलक कार्यमा सहयोग पुग्नेगरी रु १ लाख ५० हजार संस्थागत सहयोग पनि प्रदान गरिएको थियो । विसं २०७५ मा स्थापित तुलसी फाउण्डेसनद्वारा सञ्चालित सो आश्रममा हाल ४५ जना अनाथ बालबालिका तथा बेसहारा ज्येष्ठ नागरिकहरु छन् । संस्थाले कैयौँ अनाथ र असहायहरुलाई समाजमा पुनस्र्थापना पनि गरेको छ ।

त्यसैगरी सोही कार्यक्रममा चाँगुनारायणस्थित मानव कल्याण समाज (सेवा घर), अनाथ असहाय बाल सुधार समाज, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, गामबेसीका चेपाङ संरक्षण केन्द्रलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले ती पुरस्कार प्रदान गर्नुभएको थियो ।