३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र



अ+ अ-

कैलाली। भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज यहाँ ज्ञापनपत्र बुझाएको छ ।

नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारतीयबाट आयत हुने सस्तो मूल्यका केराका कारण आफ्नै देशभित्र उचित मूल्य र बजार नपाएको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घको संयुक्त टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको सङ्घले जनाएको छ । उत्पादन लागत उठ्न नसक्दा केरा किसान ऋणमा डुब्ने अवस्था आएको, अधिकांश किसान घाटा भएपछि केराखेतीबाट निरुत्साहित भई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायीको भनाइ छ ।

नेपाली किसानद्वारा उत्पादित केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व रहेको कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारुले बताउनुभयो ।

भारतबाट आयात गरिने केरा मङ्सिरसम्म पूर्णरूपले बन्द गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्नुपर्ने, नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न आमउपभोक्तालाई राष्ट्रियस्तरमा सरकारले आह्वान गर्नुपर्ने, नेपाली केरा उत्पादक किसानको रक्षा सरकारले गर्नुपर्ने र तत्काल नेपाली केराको उचित मूल्यसहित बजार सुनिश्चित गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष थारुले जानकारी दिनुभयो । रासस