६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्काे बैठक २० गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न

अर्काे बैठक २० गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न
अ+ अ-


काठमाडौं । सत्तारुढ नेकपाको बुधबार बसेको सचिवालय बैठक भर्खरै सकिएको छ । बहुचर्चित भनिएको सो बैठकमा पार्टीमा हालै चर्किँदै गएको आन्तरिक संघर्षबारेमा छलफल भएको बताइएको छ । तर पनि कुनै पनि निर्णय भने हुन सकेन ।

आजको बैठकमा यही वैशाख २० गते अर्को बैठक बस्ने सहमति भएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आज बैठक निरन्तर रहेको र २० गते बस्ने बैठकले स्थायी समितिको बैठक डाक्ने विषयमा सहमति गर्ने बताए ।
बैठक सकिएपछि महासचिव विष्णु पौडेलले सामाजिक र सामाजिक दुरीमा दुई शीर्ष नेता बैठकमा बसेको जानकारी दिँदै फोटो सार्वजनिक गरेका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटी बैठकका बारेमा र यससँग जोडिएका विविध पक्षका बारेमा बैठकमा छलफल भयो । छलफल जारी नै छ । यो बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रकृया अगाडी बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ ।’’

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलेले भने पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै सचिवालय बैठक सम्पन्न भएको बताएका छन् ।

नेताहरूबीच विवाद चुलिएसँगै प्रचण्ड-माधव नेपाल समूह तथा केपी ओली समूहमा पार्टीभित्र ध्रुवीकरण भएकाे छ । दुबै पक्षले सांसदहरूकाे हस्ताक्षर समेत गराएकाे बताइएकाे छ, र दुबै पक्ष बहुमत सांसद अाफूसँग रहेकाे बताउन थालेका छन् ।