९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड

नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका आफ्ना कथा र गौरवलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्नपूर्ण, शंकर हिमाल र सगरमाथा जस्ता हिमश्रृंखलामा निहित ऐतिहासिक तथा सांस्कृतिक कथालाई समेत उजागर गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यस महोत्सवबाट नेपालको कला तथा सांस्कृतिक मेलालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धनमा नेपाल कला परिषद्को महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रो संस्कति र हाम्रो प्रकृतिलाई विश्वसामू देखाउनुपर्नेछ । हाम्रो आफ्नै कथाहरु र यसका गौरवहरु समेत छन् । हाम्रा हिमालहरुलाई समेत विश्वसामु चिनाउनु पर्नेछ । अन्नपूर्ण हिमाल त्यसै अन्नपूर्ण हिमाल भएको होइन । त्यसका पछाडिको कथा छ । शंकर हिमाल एउटा पर्वत हिमश्रृंखलाको रुपमा मात्रै छैन । त्यसका पछाडि पनि कथा छन् । सगरमाथाका पछाडि पनि कथा छ । यी कथाहरुलाई हामीले प्रकृतिका कथा र संस्कृतिका कथाहरु जसमा हाम्रो पुर्खाको योगदान समेत मिसिएको छ । यो दिशामा आर्ट काउन्सिलले लामो समयदेखि काम गरिरहको छ । यद्धपी सरकारको सहयोग कहिले प्राप्त भएको छ त कहिले प्राप्त भएको छ । सरकारको सहयोग प्राप्त हुँदा वा नहुँदा अविछिन्न ढंगले जुन काम अगाडि बढाएको छ । हामीले सरकार र निजी क्षेत्रलाई समन्वय गर्ने भएकोले पर्यटन बोर्डलाई पनि यहाँ जोडेका हौँ । महोत्सवलाई सफल बनाएर यसले संस्कृति र पर्यटनको क्षेत्रमा एउटा बाटो देखाओस् भन्ने कामना गर्दछु ।’

पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सरकार क्रियाशील रहेको समेत मन्त्री पाण्डेको भनाइ छ ।