९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियोः ओली

पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियोः ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनाआवश्यक ढंगले उचालिएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो विषयमा महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा सो विषयसँग छलफल हुने बताउनु भयो । पार्टीमा कतिपय कुराहरु अनाआवश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पार्नुभयो । उहाले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विधान महाधिवेशनमा बेला केही विषयहरु अनावश्यक ढंगले अघि बढाइएको छन । ती कुराहरु विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरु अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । ती स्थायी कमिटी वा केन्द्रिय कमिटीमा छलफल मा विषय बनाउँछौं।  विधान महाधिवेशनमा विधानमा विषयमा केन्द्रिय भएर छलफल हुन्छ ।’ 

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रश्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले सोही कार्यसूचिमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताउनु भयो ।