काठमाडौं। नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै ‘हाम्रो पात्रो’ एपले दर्ता प्रक्रिया सुरु गरेको छ।
मन्त्रालयका अनुसार एपका प्रतिनिधिले इमेलमार्फत आवश्यक कागजात पठाउँदै दर्ता प्रक्रिया अघि बढाएका छन्। ‘हाम्रो पात्रो’ नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एपमध्ये एक मानिन्छ।
यसैबीच, फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले पनि नेपाल सरकारसँग सम्पर्क गरेका छन्। सिंगापुरस्थित मेटाका प्रतिनिधिले सञ्चार मन्त्रालयसँग सम्पर्क गर्दै दर्ता प्रक्रिया सम्बन्धी विवरण मागेका थिए।
मन्त्रालयले आवश्यक जानकारी उपलब्ध गराइसकेपछि मेटा पनि नेपालमा दर्ता हुन इच्छुक देखिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन्।










