६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओलीको बामदेव ब्रह्मास्त्र र नेकपा सचिवालय बैठक

ओलीको बामदेव ब्रह्मास्त्र र नेकपा सचिवालय बैठक
अ+ अ-

काठमाडौँ । सेमिफाइनल पछि फाइनल खेलको तयारीमा रहेको जस्तो नेकपा सचिवालय बैठक शनिबार पुनः बस्दैछ । सरकार र पार्टी दुबै सञ्चालनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै यतिबेला सचिवालय स्थायी समिति, केन्द्रीय कमिटी हुँदै गाउँ कमिटीसम्म नेता तथा कार्यकर्ताहरु आआफ्नो कित्तामा उभिएका छन् । यता सचिवालयमा नौ नेता रहेको सचिवालय बैठकलाई सबै तीरबाट उत्सुकतापूर्बक हेरिएको छ ।

शीर्ष नेताहरु एजेण्डामा कित्ताकाट गर्नेदेखि आफ्नो एजेण्डालाई प्रतीरक्षा गर्ने र कार्यन्वयन गर्ने रणननीतिमा रहेका छन् । यसैबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद त्याग गर्न दबाबमा परेका प्रधानमन्त्रीले वैशाख १७ गते को सचिवालयमा फालेको बामदेव गौतम अस्त्रले राष्ट्रिय राजनीति निकै तरंगित बनेको छ ।

प्रधानमन्त्री पाउने आश्वासन पाएका गौतम प्रधानमन्त्री भएपछि गर्ने कामको कार्ययोजना बनाउन सक्रिय हुनै आफू प्रधानमन्त्री हुन सक्ने संवैधानिक बाटोको खोजीमा लाग्नु भएको छ । यता बामदेबको सिंहदरबारको यात्रा सहज त छैन नै किन अकस्मात ओलीले यो ब्रह्मास्त्र प्रयोग गरे भन्ने कौतुहल पनि छँदैछ ।

यसैबीच उत्तरको छिमेकी चीनको कूटनीतिक सक्रियता पनि बढेको छ । तर प्रधानमन्त्री ओलीले यही तीन दिनको समयलाई भरपूर उपयोग गरेका आफू सुरक्षित कित्तामा उभिएको जनाउ आफू निकटहरुलाई दिनु भएको छ । सचिवालयमा रहेका पुष्पकमल दाहाल, माधवकुमार नेपाल बाहेक अन्य नेताहरुसँग पटक पटक कुराकानी गरेर आफूलाई सहयोग गर्न गर्नुभएको आग्रहलाई अन्य नेताले सकारात्मक संकेत दिएपछि भोलि बस्ने बैठकबाट पनि ठोस निर्णय नहुने र राजनीतिक अलमल कायम नै रहने संकेत देखिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आफूले चाल्ने विभिन्न विकल्पहरुका बारेमा पनि निकटस्थहरुसँग परामर्ष गरिरहनुभएको छ । बाहिर आएजस्तो संसदको बिघटन गर्ने मध्यावधी निर्वाचनमा जाने आत्मघाती सोचमा प्रधानमन्त्री पक्कै हुनुहुन्न । तर अन्य केही राननीतिक र संबैधानिक बिकल्पका बारेमा भने छलफल जारी रहेको छ । प्रधानमन्त्री ओली यतिबेला सकेसम्म दुबै पदमा आफू कायम रहन अन्तिमसम्म प्रयास गर्ने नभए आफूबिरुद्ध संगठित अन्य नेताहरुलाई विभाजन गरी एक पद सुरक्षित गर्ने अभियानमा रहनु भएको छ ।

सकेसम्म सचिवालयका अन्य सदस्यहरुलाई कन्भिन्स् गरी सरकार सञ्चालन गर्दा आपसी सल्लाहमा गर्ने हालसम्म भएका कमी कमजोरीलाई आत्मासाथ गर्दै मन्त्रीमण्डल, मुख्यमन्त्री र सचिवालयमा परिवर्तन गर्न तयार रहने जनाउ दिने । यो प्रस्तावमा सहमत भए तत्काल नै कार्यान्वयन गर्ने भित्र बाटै नयाँ नियुक्तिको मापदण्ड बनाउने र ब्यक्ति छनौटका लागि तयार रहने प्रधानमन्त्री ओलीको योजना रहन सक्छ । यदि यो प्रस्तावमा सहमति नजुटे उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्रीपद हस्तान्तरण गर्ने र आफू पार्टी अध्यक्ष भएर सरकार सञ्चालनको कमाण्ड आफ्नो हातबाट फुस्कन नदिने उपायमा पनि प्रधानमन्त्री ओली रहन सक्छन् ।

त्यसका लागि सविधान शंसोधनका लागि आवश्यक पर्ने दुई तिहाई मतको जिम्मा बामदेव गौतमलाई नै दिएर आफू पन्छिने उपाय पनि अपनाउन सक्छन् । यसैगरी कुनै निर्वाचन क्षेत्र खाली गराएर उप निर्वाचन गराउने अस्त्र पनि प्रयोग हुन सक्छ । यसका लागि कास्कीका खगराज अधिकारी र पाल्पाका दलबहादुर राना आ आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार भै सकेका छन् । यो निर्णयमा सहमति भए त्यो समग्र नेकपाका लागि नै प्रत्युपादक हुन सक्छ, झन ओराला लागेको शाख झल तल झर्दै जाने निश्चित छ ।

तर यी सबै उपाय कोरोना नियन्त्रण पछि मात्र हो तर कहिले भन्ने उत्तर भने कोहीसँग पनि छैन । यसैबीचमा रामबहादुर थापा र महासचिव विष्णु पौडेल अस्त्र पनि प्रयोग नहोला भन्न सकिन्न । नयाँ पात्रका रुपमा उनीहरु पनि प्रयोग हुन सक्ने सम्भावना पनि उत्तिकै छ । नभए आफूले राजीनामा दिने तर अन्य पक्षको स्थायी समितिमा बहुमत पु¥याउन नदिने प्रयास गर्ने र पुनः प्रधानमन्त्री बन्ने सम्भावना पनि प्रयोग हुन सक्छ ।

नभए फुटाउ र राज गर भनेजस्तै स्थायी समितिको बैठकमा माधव नेपाललाई प्रधानमन्त्रीमा आफैंले प्रस्ताव गरेर अर्को ब्रम्हास्त्र हान्ने दाउ पनि प्रधानमन्त्री ओलीको हुन सक्छ । यसोगर्दा पूर्व एमालेहरु एकै कित्तामा उभिने र दाहाल कर्नरमा पर्ने सभ्मावना रहन सक्छ । यो खेल पनि नहोला भन्न सकिन्न ।

तर यी विकल्पहरुमा सहमति नजुटे नेकपा फुटको संघारमा नै पुग्ने निश्चित छ । त्यस्तो अवस्थामा सवैधानिक जटिलता आउने हुँदा पुनः राजनीतिक दल सम्बन्धी अध्यादेश आउने सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा राष्ट्रपति पनि तिब्र विवादमा तानिने र परिवर्तनपछि राष्ट्रपति पनि परिवर्तन हुने सम्भावना रहन्छ । तिब्र विवादबीच हालसम्म नेकपा सरकारले गरेका राम्रा र नराम्रा कामको स्वामित्व खासै पार्टीले लिएको छैन । कतिपय अवस्थामा त राम्रा नराम्रा कामको स्वामित्व प्रधानमन्त्री र केही मन्त्रीहरुले मात्र लिएको देखिन्छ ।

मन्त्रीमण्डलमा सबै सदस्यले पनि सरकारले गरेका कामको स्वामित्व लिने गरेका छैनन् । आफैँ अलमलिएको प्रमुख प्रतिपक्षभन्दा सरकार गठनदेखि नै पार्टी भित्रका प्रतिपक्ष सरकारप्रति आक्रामक देखिँदै आएको छ । तर अब हुने राजनीतिक निर्णयले सिङ्गो मुलुकलाई प्रभाव पार्नेहुदा यसको अपजस प्रधानमन्त्री ओलीको भागमा मात्र नभै सिङ्गो नेकपाका भागमा पर्नेछ । जुन आगामी दिनमा नेकपाले लिने जनमतका लागि महङ्गो पर्न सक्छ ।