६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्रीले रातारात किन भेट्दैछन् संवैधानिक निकायका प्रमुखहरु

प्रधानमन्त्रीले रातारात किन भेट्दैछन् संवैधानिक निकायका प्रमुखहरु
अ+ अ-

काठमाडौँ

प्रधानमन्त्री केपी ओली केही दिनयता आफ्नो सरकारी निवास बालुवाटार बोलाएरै संवैधानिक निकायका प्रमुखहरु भेट्न व्यस्त छन् । तर उनले सबैजना संवैधानिक प्रमुखलाई भेटेका छैनन् । उनी अर्थपूर्ण रुपमा केही यस्ता पदाधिकारी भेट्दैछन् कि तिनीहरु अहिलेको सत्तारुढ दल नेकपाको शक्ति संघर्ष एवं विवादसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । यो हेर्दा लाग्छ सत्तारुढ नेकपाकै नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहँदा उनी राजीनामा दिने नभएर अरु नै त्यस्तै अर्थपूर्ण कदम चाल्दैछन् भन्ने स्पष्ट भान हुन्छ । र यी भेटघाटहरुबाट पनि प्रधानमन्त्री गम्भीर राजनीतिक तथा अन्य कानुनी परामर्शमा व्यस्त छन् र त्यसले सत्ताबाट उनको बहिर्गमन नभएर सत्तामै बसिरहन तथा आफ्नै दलका विपक्षीहरुलाई कमजोर बनाउने खालका खेलमा उनी व्यस्त छन् भन्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मध्यराती अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसँग भेटघाट गरेका छन् । ओलीले अख्तियार प्रमुखसँग शुक्रबार राति भेटघाट गरेका हुन् । भेटका लागि प्रमुख नविन घिमिरे शुक्रबार राति साढे नौ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले ३ दिनमात्र अघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग भेटघाट गरेका थिए । उनले राणालाई पनि प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर राति १० बजेतिर नै भेटघाट गरेका हुन् ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण घेराबन्दीमा परेका ओलीले संवैधानिक अंगका प्रमुखहरुलाई यसरी भेटघाट गर्नुले धेरैमा संका जन्माएको छ । नेकपाभित्र र बाहिर अहिले धेरै विषयमा चर्चा गरिन्छ । ललिता निबासको जग्गा प्रकरण अहिले फेरि उठेको छ । त्यसैगरी माओवादीका तत्कालीन लडाकुको शिविरमा भएको आर्थिक अनियमिताको बारेमा अख्तियारले छानबिन गर्नुपर्ने कुरा पनि अहिले आएर उठाइएको छ । त्यस अनियमिततामा प्रचण्डलगायत माओवादीका नेताहरुलाई दोषी देखाउने गरिएको छ । त्यस्तै यतिखेरै द्धन्द्धकालीन गम्भीर प्रकृतिका अपराधलाई क्षमा दिन नसकिने फैसला पनि सर्वाेच्चबाट आएको छ ।

अर्काेतर्फ पार्टीले उहाँलाई सत्ताबाट निकाल्नेगरी क्रियाकलाप गरेमा प्रधानमन्त्री ओलीले देशमा संकटकाल लगाउन सक्ने अनुमान पनि धेरैले गरेका छन् । यस विषयका चर्चाहरु पनि बेला बेलामा उठ्ने गरेकै छन् । यस्तो बेलामा यी सबै विषयमा प्रत्यक्ष रुपमा जोडिने अख्तियारका प्रमुख आयुक्त तथा प्रधानन्यायाधीशसँगको भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गर्न खोजेजस्तो देखिँदैछ ।

यसलाई नेकपाभित्रको पूर्व माओवादी खेमाले अझ बढी मात्रामा प्रधानमन्त्रीले रातारात यसरी संवैधानिक प्रमुखहरुलाई किन भेट्दैछन् भनेर तर्सिएका छन् । कतिपयले यसलाई छोरी कुटेर बुहारी तर्साउने उनको खेल त होइन भन्ने प्रश्न पनि गरेका छन् ।