६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेताहरुले आत्मालोचना गरेपछि समस्या थामथुम, उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने

नेताहरुले आत्मालोचना गरेपछि समस्या थामथुम, उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने
अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय को बैठक नेताहरुको आत्मालोचना सहित सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले सरकारका कामकारवाहीका बारेमा प्रधानमन्त्रीद्वारा आत्मालोचना गर्दै पार्टी र सरकारबीच देखिएको बिमतिलाई हल गर्दै एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमीकमजोरी सच्याएर आगाडी बढ्ने गरी आत्मालोचना गरेका छन् । अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक बनेपछि बैठक समस्या समाधान तीर उन्मुख भएको हाे ।

सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सचिवालय बैठकले निकालेका निष्कर्ष, पार्टीको अहिलेको अवस्था र आगामी कार्यदिशाका बारेमा स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यसअघि बैशाख २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ ।

सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । उपयुक्त समय हेरेर उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  ‘‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ’’, प्रवक्ता श्रेष्ठले भने ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरे पनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधामन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र देखिएका समस्या र संकटलाइ समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ । बैठाले पार्टीलाई कमजोर पार्ने र गुटलाई बलियो बनाउने कुनै पनि कुरामा सामेल नहुन पार्टीका सम्पूर्ण सदस्यलाई सचिवालयले निर्देशन दिएको श्रेष्ठले बताए । पार्टीलाई एकतावद्ध गरेर नीति र विधिअनुसार अगाडी बढ्ने विषयमा सचिवालय सदस्यहरु एकमत भएको प्रवक्ता श्रेष्ठकाे भनाइ छ ।

पार्टीको नीति, निर्देशन र मार्गचित्र अनुसार सरकार सञ्चालन गर्नुपर्ने र सरकारले गर्ने हरेक निर्णयहरुका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने कुरामा पनि सचिवालय सदस्यहरु एकमत भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमि कमजोरी सच्याएर आगाडी बढ्नेगरी आत्मालोचना गरेको पनि श्रेष्ठले जानकारी दिए । 

अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमि कमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सबै नेताहरु आफ्नो जिम्मेवारी अनुसार सकारात्मक ढंगले अगाडी बढ्ने संकल्प लिएको उनले बताए । ‘‘यसक्रममा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमिकमजोरी भएका छन् ती कमिकमजोरीहरुमा आफ्नो हकको जिम्मेवारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालेचना गर्नुभएको छ । त्यस्तै अध्यक्ष कमरेड प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मालोचित हुँदै अगाडी बढ्ने संकल्पन गरेका छन्।"

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराएका थिए । सरकारले आगामी वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेश अनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकाले श्रेष्ठले बताए ।  सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।