९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
File photo
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो ।

प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याउनु भयो । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उहाँको भनाई छ । उहाँले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो । बुढालिनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उहाँले बताउनु भयो । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उहाँको भनाई छ । उहाँले अटिजम स्कुल स१चालनको लागि काठमाडांै महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरि अहिले चाँही हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढालिनकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शिर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहीँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदैछौँ र काठमाडौंमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छोँ । त्यसमा चाहीँ काठमाडौं महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरुसँग पनि समन्वय गरेर हामीले चाहीँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहँी हामीले काठमाडौंमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक÷एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालिन परियोजनाको रुपमा अगाडी बढाउने कुरा चाहीँ यहाँहरुको बीचमा राख्न चाहन्छु ।’ 

उहाँले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताउनु भयो ।