९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू हुने

असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू हुने
अ अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।

विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले यस प्रणालीको विकास गरेको हो । यस प्रणालीलाई दुई चरणमा गरेर लागू गर्ने विभागको तयारी छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौ उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिने विभागले जनाएको छ ।

दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजानिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ ।  अध्यागन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यस प्रणाली लागू गर्न लागिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसंगको कुराकानीको क्रममा उहाँले नेपाल प्रवेश गरेका जो कोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘हाम्रो सीमाभित्र जतिपनि विदेशी नागरिक आउनुहुन्छ । जुनसुकै प्रयोजनका लागि । त्यो अध्यागमनको सिष्टमा आइसकेपछि हामी उहाँहरुलाई हामी अराईभल दिन्छौँ। त्यसपछि उहाँहरुको मुभमेन्ट कहाँ कहाँ हुन्छ । त्यो चाँही राज्यको नोटिसमा हुनुपर्छ ।’ 

दुई वटा कारणले उनीहरु राज्यको निगरानीमा हुनुपर्ने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाई छ । पहिलो कारण विदेशी नागरिक, पर्यटकहरुको सुरक्षा, उनीहरुलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा, उद्धार, खोज रहेको उहाँले बताउनु भयो । शाहसिक पर्यटनको लागि नेपाल आउने पर्यटकहरुलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो परिरहेको उहाँको भनाई छ । दोस्रो, नेपाल भित्र प्रवेश गरेर विदेशीहरुले देशको भिषा विपरित, प्रचलित कानून, सामाजिक मूल्य, राजनितिक, सामाजिक, आर्थिक चाखहरुको विरुद्धमा कुनै काम गरेको भए पत्ता लगाउन आवश्यक रहेको महानिर्देशक तिवारीको भनाई छ । उहाँले अपराध अनुसन्धानको हिसावले पनि यो प्रणाली निकै महत्वपूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई वटा कारणले उनीहरु राज्यको निगरानीमा हुनुपर्छ । एउटा कारण चाहीँ विदेशी नागरिकहरु, पर्यटकहरुको सुरक्षा, उनीहरुलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा अथवा उद्दार खोज पनि हुनसक्छ । हाम्रो भुगोलमा साहसिक पर्यटनको लागी पनि आउनुहुन्छ । त्यो अवस्थामा पनि तुरुन्तै नेभिकेट गर्न नसकेको अनुभव छ । दोस्रो कुरो, हाम्रो सार्वभौम सत्ताभित्र आउने कोहीपनि विदेशीहरु कसरी मुभमेन्ट गरिरहेका छन् । त्यो हाम्रो राष्ट्रिय भिषाको जे शर्त हो र हाम्रो राष्ट्रिय चाख, हाम्रो स्वार्थ, हाम्रो प्रचलित कानूनहरुको, हाम्रो सामाजिक मूल्यहरुको, सामाजिक प्रवन्धहरुको, राजनितिक, सामाजिक, आर्थिक चाखहरुको विरुद्धमा कुनै त्यस्तो कामहरु भएको सूचनाहरु पनि भयो भने तुरन्तै त्यसलाई पनि नेभिकेट गर्ने । अपराध अनुसन्धानको हिसाबले जुनसुकै हिसावले पनि यो प्रणाली महत्वपूर्ण छ ।’ 

यस प्रणाली लागू गर्ने विभागको तत्कालिन उद्देश्य भने पर्यटकहरुको गतिविधिको निगरानी गर्ने भएको महानिर्देशक तिवारीले बताउनु भयो । पर्यटकहरु कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै विभागको सिष्टममा फाल्ने उहाँले जानकारी दिनुभयो । त्यो भन्दा बढी उनीहरुले के खाए, कतिबेला सुते लगायतका विषय राज्यले खोजेर नबस्ने उहाँको भनाई छ । उहाँले यस प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरुले सेवा प्रवाह गर्ने संस्थाहरुलाई समावेश गर्न लागिएको बताउनु भयो । पर्यटकलाई सेवा सुविधा प्रदान गर्ने होटल, बैंक, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, हवाई कम्पनी, सवारी कम्पनीमार्फत पर्यटकहरुको गतिविधि निगरानी गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ती कम्पनीहरुले राखेका रेकर्ड विभागको प्रणालीमा राख्न लागिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘विभागको अहिलेको उदेश्य भनेको पर्यटकहरुको गतिविधिको निगरानी गर्ने मात्रै हो । पर्यटकहरु कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सुचना मात्रै हाम्रो सिष्टममा फाल्ने हो । त्यसको अर्थ त्यो भन्दा बढी उहाँहरु के गर्नुहुन्छ । कहाँ खानुहुन्छ, कतिबेला उठ्नुहुन्छ त्यो चाँही अहिले, एकदमै आवश्यक प¥यो भने राज्यका निकायहरुले हेर्न त सक्छन् । तर प्राथमिक रुपमा त्यो हाम्रो कन्र्सनको विषय होईन । यो सबै हामीले गर्ने काम हो फेरि पर्यटकहरुलाई यसमा समावेश गराउने होईन । पर्यटकलाई हामीले सुविद्या दिने हो । हामी जतिपनि सर्भिस प्रोभाईडरहरु छौँ । उहाँहरुले त्यो विदेशी नागरिकसंग सम्बन्धित बस्नको लागी होटलमा होस्, अथवा बैकमा गएर मनी एक्सचेन्ज गर्ने होस् । कुनै एजेन्सी मार्फत ट्रेकिङमा जाने कुरा किन नहोस् । कुनै हवाई अथवा अरु पर्यटक सवारीहरु मार्फत देशभित्रको गतिविधी होस् । त्यसको रेकर्ड हाम्रो राष्ट्रिय सिष्टममा, नेपालको अध्यागमनको सिष्टममा राख्ने कुरा हो ।’ 

उहाँले यसका लागि दुई वटा मोडलमा विभागले काम गरेको जानकारी दिनुभयो । एउटा, सम्बन्धित संस्थाले विभागको सिष्टममा सूचना अपडेट गर्नुपर्नेछ भने अर्को एपिआईमार्फत संस्थाहरुले प्रयोग गरिरहेको सिष्टमलाई विभागको सिष्टममा सुचना फाल्नेगरि व्यवस्था मिलाएको उहाँले बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘हामीले अहिले दुई वटा मोडलमा काम गरेका छौँ । एउटा चाहीँ हामीले एउटा सिष्टम बनाएका छौँ । त्यो सिष्टममा चाहीँ उहाँहरुले त्यो सूचनाहरु होटलमा हो भने होटलले चेक ईन र चेक आउटको सुचना त्यसमा हाल्नुप¥यो । जो जसले उहाँहरुसँग ट्रान्जेक्सन गर्नुहुन्छ, कुनै सेवा दिनेलिने काम गर्नुहुन्छ । उहाँहरुले त्यसमा अपलोड गर्नुप¥यो । दुईटा चाही हामीले सिष्टमबाट एपिआई मार्फत जस्तो ठूला होटलले जुन सिष्टम चलाउनु भएको छ । उहाँहरुले आफ्नो सिष्टममा चेक ईन गर्दाखेरी सूचना हाम्रो सिष्टम नेपाली पोर्टमा फाल्ने गरेर हामीले काम गरेका छौँ ।’

विभागका महानिर्देशक तिवारीले नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला, उनीहरुकै परिवारलाई, विदेशी नियोगहरुलाई आवश्यक परेको बेलामा कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने बताउनु भयो । यो प्रणाली नहुँदा पर्यटकहरु कहाँ के गरिरहेको छ भन्ने थाहा पाउन मुस्किल भएको उहाँको भनाई छ ।  व्यक्तिगत डाटाको दुरुपयोग होला नी भन्ने प्रश्नमा उहाँले यो डाटा राज्यले लिन लागेकोले दुरुपयोग हुने सम्भावना नै भएको बताउनु भयो । अध्यागमनले ट्रयाकिङ गर्न लागेको भन्दा बढी विवरण पर्यटकहरुलाई भिषा दिँदा नै विभागसँग हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘यो राज्यले लिन लागेको डाटा हो । त्यसो हुँदाखेरी अध्यागमनले ट्रयाकिङ गर्दै गरेकाको सबै विवरण ट्रयाकिङ गर्नेभन्दा धेरै विवरण हामीसंग पहिल्यै छ । किनभने उहाँले भिषा लिँदा, उहाँको राहधानी, भिषा सबै हामीले स्क्यानिङ गरेर राखेका छौँ । अहिले त उहाँहरु कता हिड्नुभयो भन्ने मात्रै रेकर्ड हुन्छ । त्यसोहुँदा व्यक्तिगत विवरण दुरुपयोग गर्ने, उहाँको डेटा दुरुपयोग गर्ने भन्ने त सम्भावना नै भएन ।’  उहाँले साईवर सुरक्षाका लागी रोबर्ट सिष्टम बनाएको पनि बताउनु भयो ।

विभागले विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजानिक संस्था एवं निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुन आग्रह गरेको छ । विभागकाअनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवद्र्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा राख्नको लागि यस प्रणालीको विकास गरिएको हो । विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यन्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलयमार्फत नियमित रुपमा अनुगमन हुने विभागले जनाएको छ ।