१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय



अ+ अ-

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।