६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

“सरकार स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध छैन कि भन्ने आशंका छ” अनुपराज शर्मा

“सरकार स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध छैन कि भन्ने आशंका छ” अनुपराज शर्मा
अ+ अ-

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा नेपाल पत्रकार महासंघले दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । यी प्रतिवेदनहरुमा महासंघले तयार पारेको “प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन २०७६–७७” तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको “दक्षिण एसियाली प्रेस स्वतन्त्रता प्रतिवेदन” रहेका छन् । मुलुकमा जारी लकडाउनका कारण यी दुबै प्रतिवेदन यसपटक डिजिटल लाइभस्ट्रिम मार्फत सार्वजनिक गरिएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले व्यक्त गर्नु भएका विचारहरु तल प्रस्तुत गरिएको छ ः

अनुपराज शर्मा

प्रतिवेदनले नेपालको अवस्था गतवर्षको तुलनामा उत्साहजनक नभएर झन खस्कदो देखाएको छ । यो उदेकलाग्दो कुरा हो कि लोकतान्त्रिक व्यवस्थामा पत्रकारहरुको सम्मान सुरक्षा हुनु पर्नेमा झन पत्रकारहरु सरकारबाटै प्रताडित छन्, सुरक्षा छैन, अनाहक बन्दी बन्नु परेको छ । यो सुधार हुन किन नसकेको भन्ने कुरा हाम्रो समक्ष अहम प्रश्न बनेको छ ।

पत्रकारहरुलाई अनावश्यक रुपमा दुःख दिने यो सरकारको मात्र होइन कि नेपालमा जुनसुकै सरकार आउँदा पनि २००७ सालदेखिकै इतिहास हेरौं कि पत्रकारिता प्रति, पत्रकार प्रति सरकार कहिल्यै पनि सहिष्णु थिएन । र अपेक्षा यो सरकारसँग के गरिएको छ भने सरकार लोकतान्त्रिक तरिकाबाट आएको हो, संविधान लोकतान्त्रिक भएकाले यसले संविधानको भावनालाई मान्यता दिन्छ । तर केही समयदेखि हेर्दा कार्यकारिणीका नजरमा प्रेस उहाँहरुको विचारको बाधक बनेको भन्ने कुरा आएको छ ।

संसदमा विचाराधीन प्रेससँग सम्बन्धित विधेयकहरु अहिले पनि सच्याएर प्रेसले दिएको सुझाव अनुसार सच्याउने प्रक्रिया आरम्भ नभएको हुनाले सरकार गम्भीरतापूर्वक स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध छैन कि भन्ने आशंका उत्पन्न हुन्छ । अहिले हाम्रो संविधान हेर्यो भने भनिन्छ कि संविधानमा प्रस्तावना नै संविधानको चुरो हुन्छ, र त्यो प्रस्तावनामा स्वतन्त्र प्रेसको अवधारणा राखिएको छ । र प्रेससँग सम्बन्धित कुनै पनि कानुन बनाउँदा स्वतन्त्रतापूर्वक प्रेस संचालन गर्ने विषयलाई मध्यनजर राखेर कानुन बनाउनु पर्ने हुन्छ । तर कानुन कसरी आउँछ भने सरकारको लक्ष, नियन्त्रित र सरकारप्रति प्रतिबद्धता सहितको अवधारणा अगाडि सारिन्छ । यसले गर्दा वास्तवमा हामीले कल्पना गरेको प्रेस स्वतन्त्रतालाई टेवा दिने सरकारको नीति नै छैन कि भन्ने आशंका आउनु स्वाभाविक हो ।

मलाई लाग्दछ अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार एक अर्काका अन्योन्याश्रित र एक अर्काका पूरक हुन् । जहाँ अभिव्यक्ति स्वतन्त्रता छैन, त्यहाँ मानव अधिकार कुण्ठित हुन्छ । जहाँ मानव अधिकार छैन, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता हुन्न । तथापि मेरो भनाई यो छ कि मुख थुन्न सकिएला, आँखामा पट्टी बाँध्न सकिएला, तर मस्तिष्कमा आउने विचार  कसैले छेकेर, रोकेर रोकिन्न र यसले कुनै न कुनै दिन छिद्र खोज्छ, अभिव्यक्तिको रुपमा व्यक्त हुन्छ ।

यति भन्दै म के भन्छु भने पत्रकारिताको पनि एउटा प्रतिबद्धता हुनु पर्दछ । बिहान उठ्ने बित्तिकै राजनेताका फोटो र भाषणले मात्र भरिएको पत्रकारिता जनताप्रति समर्पित हो कि होइन ? पत्रकारिताले त जनताका कुरालाई अग्रस्थान दिनु पर्ने हो । अहिले नेपालमा खासगरेर यो महामारीको अवस्थामा पत्रकारको कर्तव्य र दायित्व अझ व्यापक छ ।

नेपाल पत्रकार महासंघसँग मानव अधिकार आयोगले सहकार्य गरिरहेको छ । त्यसकारण म के भन्दछु भने राज्यको चौथो अंगलाई घाइते बनाउने स्वयममा राज्य सत्तालाई सुहाउँदो कुरो होइन । लोकतन्त्रमा नियन्त्रित प्रेसको कल्पनासम्म गर्न सकिन्न । तर राज्यसत्ताले नियन्त्रित र प्रतिबद्धतायुक्त प्रेसको कल्पना गरेको हो कि ? यसले गर्दा यो लडाइँ गाह्रो छ, यो लडाइँ सजिलो पनि छैन । वास्तवमा यो लडाइँ तपाइँ एक्लैले लडेर पनि सम्भव छैन । त्यसकारण यो लडाइँमा नागरिक समाजलाई पनि साथमा लिनु पर्दछ, मानव अधिकारकर्मीलाई पनि साथमा लिनु पर्दछ र यो लडाइँ स्वतन्त्र प्रेस भएन भने सक्रिय लोकतन्त्रका अवयवहरु धरासायी हुन पुग्छन् । यसले कसरी लोकतान्त्रिक व्यवस्थामा तानाशाही भित्रिन्छ भन्ने कुरा देखाउँछ ।

महासंघले अघि सारेको नारा सुन्दर छ, तर त्यो नारामा केही थप्न पनि चाहन्छु । हुनत यो नारा होइन । अहिलेको नारा भय र पक्षधरतावादबाट मुक्ति छ । म के भन्छु भने तथ्य र सत्यपरक पत्रकारिता, दबाबबाट मुक्त पत्रकारिता, मानव अधिकारप्रति प्रतिबद्ध पत्रकारिता । यो पनि हाम्रो सन्दर्भमा त्यतिकै सान्दर्भिक भएको हुनाले अहिले मनाउन लागिएको दिवसले हामी एकताबद्ध भएको सन्देश देओस् ।

***