६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वडा १५ मा दैनिक १७ सय ५० जनालाई भोजन, मेयर शाक्य र संघीय संसद सदस्य श्रेष्ठबाट निरीक्षण

वडा १५ मा दैनिक १७ सय ५० जनालाई भोजन, मेयर शाक्य र संघीय संसद सदस्य श्रेष्ठबाट निरीक्षण
अ+ अ-

काठमाडौं महानगरको वडा १५ ले दैनिक औसतमा १७ सय ५० व्यक्तिलाई खाना खुवाइरहेको छ । यस अघि ४ ठाउँबाट सामुहिक मेस चलेकोमा आजबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामुहिक खाना खुवाउने प्रबन्ध गरेको छ । कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरिएको हो । यस ठाउँबाट अहिले पनि औसतमा दैनिक ६०० व्यक्तिले खाना प्राप्त गरिरहेका छन् । यससँगै बुद्धपार्कबाट दैनिक ३५० जनालाई, चमतीबाट ४०० जनालाई खाना खुवाइँदै आएको छ । वडाको श्रोतमा स्थानीय दाताहरुले उपलब्ध गराएको सामाग्री मिलाएर सञ्चालन भइरहेको सामुहिक मेसको आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र संघीय संसद सदस्य जीवनराम श्रेष्ठले निरीक्षण गर्नुभयो ।

भुइँखेलबाट शुरु गरिएको निरीक्षण बुद्ध पार्क, अन्नपूर्ण चोक र जर्मन क्वाटर पुग्यो । भुइँखेलमा भएको भान्छा चलाउन स्थानीय क्षेत्रीय निजी बिद्यालयहरुको संस्था पिजाले ४० बोरा चामल, २ बोरा दाल, २ बोरा चना, ५० लिटर तेल, नुन सहयोग उपलब्ध गराएको छ । त्यसै गरी बिद्युत बिक्री संघले १० सिलिण्डर ग्याँस, चामल, दालसहित करीब १ लाख रुपैयाँको खाद्य सामाग्री उपलब्ध गराएको छ । निरीक्षणका क्रममा भेटिएका दाताहरुसँग मेयर शाक्यले – के तपाईले स्वेच्छाले सहयोग गर्नुभएको हो? यता सहयोग गर्न अरुबाट आफैंले सहयोग लिनुभएको त छैन नि? लगायत प्रश्न गर्नुभएको थियो । खानासँग के के दिने गरिएको छ? खानाको गुणस्तर कसरी कायम गराउनुहुन्छ? वितरण गर्दा व्यक्ति—व्यक्तिबीचको भौतिक दुरी कसरी कायम गराउनुहुन्छ? जस्ता जिज्ञासा राख्नुभएको थियो । त्यसपछिको प्रतिक्रियामा उहाँले भन्नुभयो – राहत र सहयोगका नाममा कुनै पनि प्रकारका बिवृत नहुन् भन्नेमा हामी सचेत छौं । अरुलाई राहत दिने अरुसँगै सहयोग माग्ने यस अघिका नमीठा अनुभव हामीसँग ताजै छन् । सहयोग गर्न चाहनेको सहयोग लिन्छौं र वडाको एउटै ढोकाबाट वितरण गर्छौ, उहाँको भनाइ थियो ।

सामुहिक भान्छामा तयार भएको खानेकुरा कुनै होटल, रेष्टुरेन्ट वा होस्टेलभन्दा कम छैन । खानाखानेहरुमा सन्तुष्ट भएको पाएँ । मेयर शाक्यले थप्दै भन्नुभयो — मानवीय भावनाले रातदिन खटेर धेरै व्यक्तिहरु सक्रिय भएको देख्दा खुशी लागेको छ । उहाँहरुमा लाभको भावना होइन सहयोगका भावना छ । यसरी महानगरलाई सहयोग गर्ने सबैप्रति म आभारी छु । दैनिक कमाइ खाने र अरुको सहयोगमा मात्र खान पाउनेहरु लकडाउनका समयमा भोकै नरहुन् भनेर वडाले गरेको काम राम्रो हो । अनुगमनपछि प्रतिक्रिया दिँदै संघीय संसद सदस्य जीवनराम श्रेष्ठ भन्नुहुन्छ — मानवीय यस काममा जनप्रतिनिधिसँगै जनता पनि आफैं सहभागी भएका छन् । यो सकारात्मक पक्ष हो । दाताहरु स्वतःस्फूर्त आउनुभएको छ । यसलाई लकडाउन सकिएको कम्तीमा पनि ३ दिन पछिसम्म चलाउन पाइयो भने असहायहरुलाई पुनस्र्थापना हुन सजिलो हुन्छ । हामीले तयार गरेको भान्छामा जो जो आउनुहुन्छ, उहाँहरु सबैलाई खुवाउँछौ । वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्नुहुन्छ – व्यक्ति/व्यक्तिबीचको सामाजिक भौतिक दुरी मिलाउँछौं ।

आउनेको ज्वरो मापन गर्छौ, व्यक्तिलाई निसंक्रमण गराउँछौं र खाना खुवाउँछौं । यो क्रम कहिलेसम्म चल्छ त? प्रश्नको उत्तरमा डंगोल भन्नुहुन्छ — सरकारले जारी गरेको लकडाउन अवधिभरि निश्चित नै खुवाउँछौं । त्यसपछिको अवस्था हेरेर थप गर्ने कि नगर्ने भनेर निर्णय लिन्छौं । निरीक्षणका क्रममा वडा सदस्यहरु र स्वयम्सेवकहरु पनि सहभागी हुनुहुन्थ्यो । महानगरका अन्य वडाहरुले पनि सामुहिक भोजनको व्यवस्था गरेका छन् । महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार आजसम्ममा १ लाख बढी मानिसहरुलाई खाना खुवाइसकिएको छ । त्यस्तै ८५ हजार जनाभन्दा बढीलाई राहत सामाग्री उपलब्ध गराइसकिएको छ ।