६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विमानस्थल खुलेपछि विदेशमा रहेका ३ लाख युवालाई नेपाल ल्याइने

विमानस्थल खुलेपछि विदेशमा रहेका ३ लाख युवालाई नेपाल ल्याइने
अ+ अ-

काठमाडौं। कोरोना भाइरसका कारण विदेशमा आजसम्म कम्तीमा पनि ३५ हजार नेपाली विचल्लीमा परेका छन् । विभिन्न देशको तथ्यांकअनुसार ३५ हजार जना नेपाली काम र बस्ने ठेगान समेत नपाएर विचल्लीमा परेका छन् । नेपाल सरकारले विदेशमा अलपत्र परेकामध्ये ती ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने तयारी गरेको छ । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव र महानिर्देशकहरुसँगको बैठकमा   यस्तो कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सो बैठकमा भनेका थिए, हामीलाई अहिले विचल्लीकै अवस्थमा रहेका ३५ हजार जना भन्ने आएको छ । त्यसैले पहिलो चरणमा उनीहरुलाई नेपाल ल्याउनुपर्छ । 

विदेशमा भएका नेपाली तथा बैदेशिक रोजगारमा रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने भन्ने विषयमा यसअघि गठन भएको अध्ययन समितिका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले सो कार्ययोजनासहितको प्रतिवेदन पेश गरेका थिए। बैठकमा श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयका सचिव र मातहतका महानिर्देशकको सहभागिता थियो।

पहिलो चरणमा विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युबालाई फर्काइने छ भने दोस्रो चरणमा रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने कामदारलाई तथा तेस्रो चरणमा विदामा स्वदेश आउन चाहने कामदारहरुलाई फर्काइने सो कार्ययोजनामा रहेको छ । 

परराष्ट्रका सहसचिव तापस अधिकारी लगायत तीनजनाको कार्यदलले तयार पारेको कार्य योजनालाई लिएर उक्त बैठक डाकिएको थियो। कार्यदलले विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युवालाई पहिलो चरणमा, रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने दोश्रो चरणमा र बिदामा आउन चाहनेलाई तेस्रो चरणमा राखेको छ।

ओभर स्टे भई विदेशमा अलपत्र परेका युबालाई सम्बन्धित देशले नेपाल फर्काइ दिने र भोलि रोजगारीका लागि ती देश जान चाहनेलाई कानुनी अड्चन नराख्ने भनेकोले तिनलाई पहिलो चरणमा राखेर नेपाल ल्याउनु पर्ने बाध्यता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

अहिले खाडी राष्ट्रमा रोजगारीमा रहेका युवालाई जो जहाँ छन सुरक्षित रहन र बस्न दिन प्रधानमन्त्री र मन्त्रीस्तरमा सम्बन्धित देशका अधिकारीसँग फोनवार्ता पनि भइरहेको छ। मन्त्री ज्ञवालीले ‘करिव ३ लाख युवालाई अन्तराष्ट्रिय एयरपोट खुलेपछि स्वदेश ल्याउने र त्यतिन्जेलमा देशभित्र नै रोजगारी सिर्जना गर्ने तवरले अध्ययन, छलफल चलिरहेको जानकारी पनि दिए ।