१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा निवासमा मनाइयो गौरा पर्व



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।

पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहनुभएका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गर्नुभएको थियो । साथै उहाँहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गर्नुभएको थियो ।

सो अवसरमा सभापति देउवासँग भेट गरी सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसदलगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहनुभएका विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वले शुभकामना आदानप्रदान गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित शनिबार निवासमा गौरा भित्र्याउनुभएको थियो ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने चलन छ ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन् । गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रही आएको हो । रासस