चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले भन्नुभएको छ : इतिहास एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई जस्ताको तस्तै उजागर गर्छ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु भनेको विगतका घटनाको कारण र परिणाम पत्ता लगाई पहिलेका गल्ती पुनः नदोहोरियोस् भन्ने हो ।
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नुपरेको थियो । सोही समयदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको मानिन्छ । त्यस्तो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको लामो अवधिको आक्रमण र अत्याचार थियो ।
सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण गरी चीनको ताइवान र फङ्ह द्वीपसमूहमाथि कब्जा जमाए । सन् १९०० मा अरु विदेशी आक्रमणकारीहरुसँगै पेइचिङ्गमा आक्रमण गरे । १९०४ मा जापान–रुस युद्ध प्रारम्भ भएपछि चीनको उत्तरपूर्वी भूभागमाथि अतिक्रमण गरे । १९१४ मा छिङ्गताओ शहरमा आक्रमण गरी कब्जा जमाए भने १९१५ मा चीनको अधिकार हनन हुने “एक्काइस दाबी” प्रस्तुत गरे ।
१९३१ मा चिनियाँ सेना र जापानी सेनाबीच द्वन्द्व भएको “सेप्टेम्बर १८” को घटनापछि चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्र कब्जा गरे । १९३५ मा मध्य–उत्तर चीन घटना र १९३७ जुलाई ७ मा युयान्फिङ काउन्टी सदरमुकाममा विस्फोट र मार्कोपोलो पुलमाथि आक्रमण गरी चीनमा व्यापक आक्रामणसहित युद्ध प्रारम्भ गरिएको थियो ।
त्यसबेला उनीहरूले पूरा चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिएर विश्व शक्ति बन्ने सपना देखेका थिए । यी श्रृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरूले गर्दा चिनियाँ जनतामाथि अभूतपूर्व सङ्कट आयो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य सार पनि जगायो।
देश र जाति जीवन–मरणको दोसाँधमा पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व, सहिरण नीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोध युद्धलाई निर्देशन गरेको थियो । सम्झौता, विभाजन र युद्ध त्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधारस्तम्भ बनेको सत्य सबैका सामु जगजाहेर छ ।
त्यसबेला सोभियत सङ्घ, अमेरिका, कोरिया, भियतनाम, क्यानाडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अष्ट्रिया, रोमानिया, बुल्गेरिया आदि मुलुकका फासिस्टविरोधी योद्धाहरूले पनि चीनको जापानी आक्रमणविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा सहभागी भई चीनलाई अतिमूल्यवान समर्थन र सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरू पनि यूरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलहरूमा सहयोगी सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए ।
चीनले आफूले भोगिसकेको युद्धको आघात कहिल्यै अरू कुनै देशमाथि लाद्ने छैन, कहिल्यै आफ्नो वर्चस्व स्थापन गर्ने छैन, विस्तारवादी नीति अपनाउने छैन, प्रभावक्षेत्र बनाउन खोज्ने छैन। चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो ।
केही दिनअघि मात्रै मैले नेपालस्थित ब्रिटिश राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि जापानमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । पोखरामा ब्रिटिश गोर्खाली सेनाले परेड आयोजना गरेको थियो । दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनामा नेपाली गोर्खाली सैनिकहरूले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु । यो यथार्थ विश्व शान्तिका निम्ति नेपालले पुर्याएको अद्वितीय योगदान हो । साथै चिनियाँ र नेपाली जनताले रगत–घामको माध्यमबाट गाँसिएको अनमोल मित्रता पनि हो।
धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिष्ट शक्तिहरुलाई पूर्ण रूपमा परास्त गर्यो । जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपमा पराजित गर्यो । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरुविरुद्धको युद्धमा महान् विजय प्राप्त भयो। अन्ततः अन्धकारमाथि उज्यालोको, प्रतिगमनमाथि प्रगतिको विजय भयो। आफ्नो लाशबाट “ग्रेट वाल” निर्माण गर्न पनि पछि नपरेका वीरहरूको आत्मालाई शान्ति मिल्यो।
यो कहालीलाग्दो नृशंस संकट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको स्पिरिट हो । जापानी आक्रमणविरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको भावनाको विकास भयो। चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति र पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवाद प्रस्तुत गरे । मरणलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्नुपरे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने, जति दुःख सहनुपरे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रदर्शन गरे। फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनताले सबै जुक्ति सोचे, तर कहिल्यै आत्मसमर्पण गर्ने सोचेनन् ।
दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ, आक्रमणमा परेकाहरूले आत्मसमर्पण गरे पनि आक्रमणकारीहरूले नरसंहार गर्न सक्दैनन् । युद्धका लागि साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चमत्कारिक रूपमा सफल हुनुको एक मात्र उपाय हो। देशधनी, जनता बलियो हुनु नै देशको सुरक्षाको भौतिक आधार हो। राष्ट्रपति सी चिन्फिङ्ले भन्नुभएको छ ः “पछाडि पर्नेहरूले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ।”
फासिष्ट युद्धवादले बिना हिचकिचाहट छिमेकी देशहरूमा आक्रमण गर्ने साहस गर्नु तिनीहरूको आर्थिक अवस्था र सैन्यबल अरूको भन्दा सबल भएर नै हो। आजसम्म पनि प्रभुत्ववाद र शक्तिराजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरू देशहरूसँग व्यापार गर्नुपर्ने कुराको प्रचार गरेको पाइन्छ, यसबाट “युद्धको भूत” अझै पनि विश्वबाट हराइसकेको छैन भन्ने प्रमाणित हुन्छ।
दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनामा नेपाली गोर्खाली सैनिकहरूले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु। यो यथार्थ विश्व शान्तिका निम्ति नेपालले पुर्याएको अद्वितीय योगदान हो, साथै चिनियाँ र नेपाली जनताले रगत–घामको माध्यमबाट गाँसिएको अनमोल मित्रता पनि हो।
चिनियाँ जातिले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्त्वबारे गहिरो रूपमा बुझेको छ। आज चीन कुनै पनि प्रकारको बाह्य दबावको प्रतिकार गर्ने सामथ्र्य राख्दछ। चीनका हरेक पुस्ताले मेहनत गरी विशाल उपलब्धि हासिल गरेर आफ्नो आत्मविश्वास प्रकट गरेका छन्। मैले बारम्बार भन्ने गरेको छु ः नेपालले अहिले सामना गरिरहेको विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान रहेको छ। चीन र नेपालको विकास एकबद्ध भए मात्र नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वासयुक्त हुनसक्नेछ।
साझाभाग्य र भविष्य
साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नान्चिङ्गमा आक्रमण गरेर ६ हप्ताभन्दा लामो अवधिसम्म आगजनी, बलात्कार, लुटपाट र संहारजस्ता अत्याचार गरे ।
उक्त कहालीलाग्दो घटनामा कम्तीमा तीन लाख जनाको ज्यान गयो। चीनमा नान्चिङ्ग नरसंहारको दुखद इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएको ऐतिहासिक चलचित्र “नान्चिङ्ग फोटो स्टुडियो” प्रदर्शन भइरहेको छ । उक्त चलचित्र हेरेपछि दुःख र रिस सहन नसकी धेरै दर्शकहरूले आँसु बगाए। यस प्रकारको पीडाले मानिसलाई सास फेर्नसमेत गाह्रो हुने अनुभव गराउँछ।
चिनियाँले जापानी आक्रमणको दुख र सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्वपूर्ण छ, समानताको आधारमा अरूको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ। चीनले आफूले भोगिसकेको युद्धको आघात कहिल्यै अरू कुनै देशमाथि लाद्ने छैन, कहिल्यै आफ्नो वर्चस्व स्थापन गर्ने छैन, विस्तारवादी नीति अपनाउने छैन, प्रभावक्षेत्र बनाउन खोज्ने छैन। चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो; उपनिवेश बनाएर लुट्ने पुरानो तरिका, देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइबाट यो पूर्ण रूपमा मुक्त छ। यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो।
हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरूसँग संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौँ, विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौँ।
निष्कर्ष
फ्रेन्च इतिहासकार अन्इटोन प्रस्टले आफ्नो पुस्तक “इतिहासका बाह्र पाठ” मा एउटा विचारणीय कुरा लेखेका छन् — “इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृति बढाउनका लागि होइन, त्यो विगतमा के कारणले घटना घटे, त्यसबारे बुझ्नका लागि हो।”
इतिहासलाई बिर्सनेहरूले अवश्य पनि पहिलेका गल्ती दोहोर्याउनेछन्, इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि।
यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिष्टविरुद्ध युद्ध विजयको ८०औँ वार्षिकोत्सव धुमधामका साथ मनाउँदैछौँ। यसबाट हाम्रो शान्तिप्रतिको तीव्र इच्छा प्रकट भएको छ। हामी विश्वभरका युवापुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका लागि सहयोग गर्नेछौँ, यो अवश्य पनि एक पवित्र एवम् महान् कार्य हो। हामीलाई विश्वास छ : हाम्रा युवा प्रतिभाहरूले अवश्य पनि शान्ति एवम् मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मा र लक्ष्य पूरा गर्नेछन् ।
(छेन सोङ, नेपालका लागि जनगणतन्त्र चीनका राजदूत हुनुहुन्छ ।)










