१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा कार्की कि जोशी ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि विभागको प्रमुख को बन्नान् भन्ने चर्चा सुरु भएको छ ।

विभाग प्रमुखको प्रतिस्पर्धामा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरु टेकेन्द्र कार्की र ओमराज जोशीलाई विभाग प्रमुखका प्रतिस्पर्धी मानिएको छ । उनीहरु दुवै एकै पटक सेवा प्रवेश गरेका हुन् ।

जोशी कञ्चनपुरका स्थायी बासिन्दा हुन् भने कार्की कर्णाली विकट जुम्ला निवासी हुन् । अब हुने नेतृत्व २०८५ भदौसम्म कायम रहनेछ ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतको निकाय हो । फितलो गुप्तचरी सेवालाई मजबुत बनाउन सरकारले विशेष सेवा विधेयक अगाडि सारेको छ । त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुख चयन गर्नुपर्ने कारले कार्यसम्पादन मा राम्रो भएको ब्यक्ति चयन गर्नुपर्ने छ ।

विश्व परिवेशको भूमण्डलीकरणका सूचनाहरू प्राप्त गर्न सक्ने त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिको तयारी गर्दै गरेका कार्कीलाई नेतृत्वमा लैजानुपर्ने आवाज उठिरहेको छ । विभागकै कर्मचारीहरु पनि सहजै नेतृत्व सम्हाल्न सक्ने अफिसरको भएकाले सरकारले कार्कीलाई नेतृत्व दिन सक्ने बताइरहेका छन् ।

देशका विभिन्न भागमा निर्वाधरूपमा विदेशी जासुस एजेन्सी छिरेको र स्वदेशका गुप्तचरी सूचनाको चुहावटलाई नियन्त्रण गर्ने कुरासँग अनुसन्धान विभाग प्रमुखको नियुक्ति सम्बन्धित रहेको स्रोतको भनाइ छ । २०८४ भित्र सम्पन्न हुने विभिन्न तहका निर्वाचन सुरक्षासँग पनि यो नियुक्तिले सरोकार राख्ने स्रोत बताउँछ ।

कार्की विभागमा इमानदार, मेहनती र काबिल, भविष्यको नेतृत्व समाल्न सक्ने अफिसरको रुपमा चिनिन्छन् ।

हालको अनुसन्धान विभागको ऐन, नियमावली र कार्यविधिले नयाँ प्रमुख चयनका निम्ति ज्येष्ठतालाई आधार मानेको छैन । अनुसन्धान निर्देशकदेखि मुख्य अनुसन्धान निर्देशकसम्म नियुक्तिको प्रक्रिया अनुसन्धान विभागको नियममा कार्यसम्पादन, कार्यक्षमता, प्राज्ञिक स्तरलाई आधार मानेको छ । त्यस आधारमा कार्की अगाडि छन् ।

राज्यको नियन्त्रणमा रहनुपर्ने गुप्तचरी तथा चुस्त सूचना प्रणालीलाई व्यवस्थापन गर्न सरकारले आवश्यकताअनुसार फोन ट्यापिङलगायतका व्यवस्था प्रस्तावित गरेको छ । त्यसको व्यवस्थापन र परिचालन अनुसन्धान विभागका आगामी प्रमुखले गर्नुपर्ने चुनौती छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएपछि भावी नेतृत्वको निर्णय गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।