९ आश्विन २०८१, बुधबार
,
Latest
राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी गाउँपालिकाको यस्तो आदेश ! हातमा थुक लगाउनुपर्छ जुवातास नखेल्नु



अ+ अ-

काठमडौ । स्थानीय निकायका अनेक तरहका कानुन तथा आदेशहरु आउने गरेका छन् जसले उनीहरुको स्तर मात्र देखाउँदैन त्यस तहका जनप्रतिनिधिको लहड पनि प्रष्ट्याउँछ । त्यसको पछिल्लो उदाहरण आज भेटिएको छ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको । उक्त  गाउँपालिकाले आज यस्तो सूचना जारी गरेको छ कि त्यो देख्दा जोकोही पनि नहाँसी बस्न सक्दैन । सूचना त जुवातास नखेल्नु भन्ने नै हो तर पनि लेखाईको भाषाले उक्त गाउँपालिकाको स्तर देखाएको छ र यस्तो प्रस्तुतिले सबैलाई हसाएको छ । 

जुवातास खेल्दा हातमा रहेका तासका पत्तीहरु फिट्नुपर्छ र यसरी पत्ती फिट्दा मुखमा हात लगेर थुक पनि लगाउनुपर्ने हुन्छ । यसरी हातहरु बारम्बार मुखमा लैजाँदा कोरोना सर्ने भएकोले तास नै नखेल्नु भन्ने आदेश यस गाउँपालिका वासिन्दालाई दिएको छ । उक्त गाउँपालिका १ का बासिन्दाका नाममा यो सूचना जारी गरिएको छ । 

सूचनामा अर्काे पनि बडो ठट्यौलो कुरा के छ भने यदि यसरी तास खेलेको पाइएमा र कोरोना संक्रमण भएको पाइएमा गृह मन्त्रालयको कानुनबमोजिम कारबाही हुनेछ भनिएको छ । स्थानीय तहका अधिकारीले यसरी जारी गर्ने सार्वजनिक सूचनामा कोरोना संक्रमण भएको पाइएमा गृह मन्त्रालयलको कानुन बमोजिम कारबाही हुनेछ भनेर लेख्न हुने हो कि होइन भन्ने कुरा त्यस तहका अधिकारीलाई थाहा नभएजस्तो देखिन्छ ।