२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपको वार्षिकोत्सवमा २० खेलकर्मी सम्मानित



अ+ अ-

काठमाडौँ; राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सवमा अवसरमा राखेपले खोखो विश्वकप उपविजेता (पुरुष र महिला) दुई टोलीसहित खेलकर्मी उत्कृष्ट अवार्डबाट सम्मान गरेको हो ।

राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले उनीहरूलाई पुरस्कृत गरेका हुन् । राखेपले नेपाली खेलकुदमा योगदान दिएबापत खोखो टिमसँगै जुनियरमा दुई खेलाडी, पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय खेल संघ, एक प्रायोजक, दुई पत्रकार र एक स्थानीय तहलाई सम्मान ग¥यो । उक्त कार्यक्रममा खोखो पुरुष÷महिला टोलीलाई समान एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।

गत वर्ष भारतमा सम्पन्न खोखो विश्वकपमा दुवै टोली उपविजेता हो । साथै नेपाल र भारतबीच भएको टेस्ट म्याचमा पनि नेपाली टोलीले रजत जितेका थिए । जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना र महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित सम्मानित भए । अर्पिलले थाइल्याण्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ र श्रीलंकामा सम्पन्न एसियाली बक्सिङ यु–१९ मा कांस्य जितेका थिए । पूजा नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान हुन् । उनको कप्तानीमा नेपालले विश्वकप पनि खेलेको थियो । उनले एशिया छनोटमा दुई सय ७२ रन र १० विकेट पनि लिएकी थिइन् । उनी छनोटमा प्लेयर अफ द सिरिज पनि हुन् ।

साथै उनी आइसिसी यु–१९ महिला टी ट्वान्टी विश्वकपमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच भएकी थिइन् । पेरिस पारालिम्पिककी कांस्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । उनले मलेसियामा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक पनि जितेकी थिइन् । कार्यक्रममा उत्कृष्ट राष्ट्रिय खेल संघको अवार्ड नेपाल क्रिकेट संघ (क्यान), उत्कृष्ट प्रायोजकको अवार्ड नेपालय इन्टरनेसनल प्राली र उत्कृष्ट स्थानीय तहको अवार्ड मकवानपुरको बागमती गाउँपालिकाले प्राप्त ग¥यो । यी सबै समान एक लाख नगदसहित सम्मानित भए ।

खड्का र शाक्य सम्मानित 

उत्कृष्ट खेलकुद पत्रकारबाट पुरुषमा खेलाडी डट कमका समाचार संयोजक अञ्जन खड्का र महिलामा मेरो खेल डटकमकी लक्ष्मी शाक्य सम्मानित भए । नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका सिनियर पत्रकार खड्का नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का महासचिव पनि हुन् । उनै खड्का र शाक्य जनही २० हजार र सम्मानपत्रसहित सम्मानित भए ।

खेलकुदमन्त्री चौधरी र सदस्यसचिव घिसिङले उनीहरूलाई सम्मान गरेका थिए । कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट राखेपका नायव वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन), दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार नगद पुरस्कार पाए ।

त्यस्तै उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघसंस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए । परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए ।  परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार नगद प्राप्त गरे । सो अवसरमा मन्त्री चौधरीले सम्मानित हुने सबै खेलकर्मीलाई बधाई दिए । —न्युज एजेन्सी नेपाल