काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणमा एपीएफ क्लब लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स विरुद्ध ४–० गोल अन्तरले हार व्यहोरेको हो। पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल गर्दै प्रतिद्वन्द्वीले फराकिलो अन्तरले पराजित भएको छ।
यसअघि एपीएफले पहिलो खेलमा नासाफ पीएफसीसँग ३–० ले हार भोगेको थियो। लगातार दुई खेलमा हारपछि समूह विजेता र उत्कृष्ट उपविजेताको सम्भावना पनि समाप्त भएको छ।
उता, कलेज अफ एसियन स्कोलार्सले लगातार दुई जितसहित समूह विजेताको दावी प्रबल बनाएको छ।










