६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी
अ+ अ-

काठमाडौँ । शुक्रवार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विद्येयकलाई पारित गर्ने तयारी गरिएको छ ।

सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूचि निर्धारण गर्न छलफल गर्नुभएको थियो । छलफलमा  शुक्रवारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूचि राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ । भदौ १७ गते राष्ट्रिय सभावाट सन्देशसहित संघिय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो । त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकको विशेष गरी भोलीदेखि यो महिनाभरिको बैठकका कार्यसूची निर्धारणकै सन्दर्भमा हामी बढि केन्द्रित भयौँ । भोलीको बैठक १३ गते भुमीसम्बन्धी विधेयकलाई हामीले कार्यसुचिमा राख्नेछौँ र भोली त्यो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछौँ । पहिलो हामी यो महत्वपूर्ण कार्यसूचिमा केन्द्रित हुनेछौँ । भोलीको बैठकमा सम्माननीय प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि कार्यतालिका रहेको छ । त्यसपछि १८ र १९ गते बैठक बस्नेछ । त्यो बीचमा बैठक रहने अवस्था छैन । १८ गते हामी सम्वभतः नागरिकता सम्बन्धी विधेययक पारित गर्छौं । त्यसैगरी संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसँग सम्बन्धित राष्ट्रपति कार्यलयबाट फिर्ता भएको, त्यसलाई सभामै छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौँ । दुई वटा विधेयक १८ गते पारित गछौँ । यदी १७ गते बेलुका राष्ट्रिय सभाबाट सन्देशसहित संघिय निजामति विधेयक फिर्ता आए हामी १८ गते सन्देश टेबल गछौँ । र १९ गते निजामति विधेयक पनि पारित गर्छौं । त्यसपछि २५, २६ र २७ हाम्रो बैठक हुन्छ । र तीन दिनको बैठकमा अरु केही व्यवस्थापनसँग संम्बन्धित कामहरु गर्छौं र विशेष गरी शिक्षा विधेयक हामी २६ गते शिक्षा विधेयकलाई पारित गर्नेगरी लैजान्छौँ ।’ 

उहाँले भदौ महिनामा प्रतिनिधि सभाबाट संघियतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताउनु भयो ।