६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थायी समितिको बैठक अन्योलमा, अध्यक्ष ओली बिरुद्धकाे गुटभेलामा नै बिमति

स्थायी समितिको बैठक अन्योलमा, अध्यक्ष ओली बिरुद्धकाे गुटभेलामा नै बिमति
अ+ अ-

काठमाडौं । नेकपा सचिवालयको बैठक बालुवाटारमा चल्दै गर्दा नेकपा नेता एवं पूर्व सञ्चारममन्त्री  गोकुल बास्कोटाले सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गर्नुभयो  । जुन निकै अमुर्त थियो । बास्कोटाले लेख्नुभएको थियो– "रामारोशनलेकको धुपीसल्लाको चिर्पट झम्सीखेलको अँगेनामा दन्काउन खोज्दा खोज्दै सुपादेऊराली र फोक्ल्याण्डको टापुतिरसमेतका अङ्कलहरु मिलेर पानी खन्याइदिएछन नि सोल्टी। त्यै भएर मौन वाचा फिर्ता लिएको नि। जेठमा झुर्का नखोजेकै राम्रो यति नलेखी मनै मानेन अनि लेख्देको क्या ।" 

बास्कोटाको यो अभिव्यक्ति  अध्यक्ष केपी ओली बिरुद्ध कसिलो गठबन्धन निर्माणका लागि नेता भीम रावलको अगुवाइमा बुधबार बिहान ललितपुरस्थित झम्सीखेलको अँगेनामा रेन्टुरेन्टमा भएको १९ स्थायी समितिका सदस्यहरुबीच भएको छलफल प्रति केन्द्रित थियो ।  

गुटगत भेलामा नेता रावलले प्रधानमन्त्री ओलीविरुद्ध तयार पारेको ११ पेज लामो २७ बुँदे आरोप पत्र प्रस्तुत गर्दै दुई मध्ये एक पदबाट राजिनामा गर्नुपर्ने नभए पार्टीे कारबाही गर्नुपर्ने बताउनुभएको थियो ।

स्थायी समितिको बैठक बोलाउन माग गर्दे हस्ताक्षर गरेका २० जना मध्ये देव गुरुङ्ग बाहेक १९ जना उपस्थित रहेको भेलाका अधिकांश सदस्यले विरोध गरेका थिए । त्यो भेला र त्यहाका गतिविधिलाई त्यही भित्र रहेका सदस्यहरुले  निरन्तर अपडेट गराइरहेका थिए । 

प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिन दबाब दिने र अन्य सदस्यहरुले पनि हस्ताक्षर गर्ने भन्दै रावलले आफ्ना कुरा राखेपछि सहभागीहरुले विरोध जनाएका थिए । वरिष्ठ नेता माधव नेपाल समूहको बाहुल्यता रहेको भेलामा सहभागी अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा निकट सदस्यहरु काेही विरोधमा देखिए भने कोही मौन बसेका थिए । 

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध त्यस्तो आरोपपत्र स्थायी कमिटीमा पेश गर्दा त्यसले पार्टीमा खराब नजिर बस्ने र यस्तो कदमले अन्ततः संविधान एवं लोकतान्त्रिक प्रणाली नै संकटमा पर्ने भन्दै  स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले  आफ्ना भनाइ राखेपछि उहाँको भनाइलाई पूर्वमन्त्री हरिबोल गजुरेल, स्थायी कमिटी सदस्यहरु देवेन्द्र पौडेल, चक्रपाणि खनाल र मणि थापाले  समर्थन गर्नुभएको थियो ।

तर जनार्दन शर्मा र सुरेन्द्र पाण्डेले  अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालको निर्देशन अनुसार छलफललाई निरन्तरता दिनु पर्ने धारणाा राखेको स्राेतले जनाएको छ । उहाँहरुको भनाइमा पनि बहुमत सदस्यले असहमति प्रकट गर्दे अब यस्ता भेलामा नआउने बताएका थिए । 

४४ सदस्यीय रहेको स्थायी समितिमा कमजोर रहेका ओली ओ अवस्था पछि केही बलियो बन्नु भएको छ  भने बाहिरको गुट भत्किएको छ । सरकारले दुई अध्यादेश जारी गरेपछि नेकपा भित्र अन्तरविरोध तिब्र हुँदै पछि सरकारले ती अध्यादेश फिर्ता लिएपनि विवाद झन जटिल बन्दै गएको छ ।

सचिवालयमा मात्र नभै स्थायी समितिको बैठकमा यी विषयमा छलफल हुनु पर्ने भन्दै भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, वेदुराम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेले जनार्दन शर्मा, हरिबोल गजुरेल, चक्रपाणि खनाल, मणि थापा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, देव गुरुङ , टोपबहादुर रायमाझी  लगायत नेताहरुले हस्ताक्षर गर्नुभएको थियो ।

यी विषयप्रति अध्यक्ष ओली असन्तुष्ट हुँदै आउनु भएको थियो । जसका कारण भोलि बस्ने स्थायी समितिको बैठक अन्योलमा परेको छ ।