१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे

नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछः उद्योगमन्त्री भण्डारी

नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन गर्दैछः उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तर्राष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताउनुभएको छ ।

बिहीवार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको बताउनु भयो । संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरुलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने उहाँले जानकारी दिनुभयो ।

चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत खानीमा सफलता प्राप्त गरेका खानीका विज्ञ, त्यहाँको प्रविधि उत्पादकहरु र संस्थाहरुलाई नेपाल ल्याएर खानीमा लगानीको वातावरण बनाउने बताउनु भयो । दैलेखको जलजलेले नेपालमा खानीको पनि सम्भावना भन्ने देखाएको उहाँको भनाइ छ । उहाँले नेपाल ग्यासमा आत्मनिर्भर बन्न लागेको बताउनु भयो । मंसिरबाट ग्यासको उत्पादन परीक्षण शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापार र उद्योग एकअर्काका परिपुरक छन् । बजार भएन भने उद्योग नै चल्दैन, त्यसकारणले व्यापार जरुरी छ । त्यो व्यपारको लागि हाम्रा सम्भावना कहाँ हुन् त सबैभन्दा भन्दाखेरी खानी खनिज । यसपटक विनियोजित ऐनले के बोलेको छ त भन्दा नेपालमा अब हामी अन्तर्राष्ट्रियस्तरको खानी सम्मेलन गर्दैछौँ । हामी संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएका, त्यसको उत्पादन भएका मुलुकहरुलाई आमन्त्रण गर्दैछौँ । चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत अरु थुप्रै जहाँ जहाँ खानीका नयाँ प्रविधिबाट खानीमा उहाँहरुले सफलता प्राप्त गर्नुभएको छ । त्यहाँको प्राविधिक हिसाबले सफल भएका छन् ।

ती खानीका विज्ञहरुलाई, त्यहाँको प्रविधिहरुलाई हामी चाँडै उद्योग, वाणिज्य आपूर्ती मन्त्रालयले अन्तर्राष्ट्रिय खानी सम्मेलनको आयोजना गरेर हामी बोलाउने छौँ । यो लगानीको क्षेत्र हो । एउटा मात्रै दैलेखको जलजलेले जे चिज दियो, आज सबैले के भन्छन् भने उच्च तहका व्यक्तिहरु सम्भावना खानीको पनि छ है भन्छन्, अहिले खानी जोड्न थालेका छन् । हामी ग्यासमा आत्मनिर्भर बन्दैछौँ । त्यसमा पनि चाँडै हामी त्यसको पनि मंसिरबाट उत्पादन परिक्षण सुरु गर्दैछौँ । त्यसलै हाम्रो अपार सम्पदा खानीमा हो । खनिजमा हो । त्यो खानी खजिनको सम्भावना के हो भन्ने कुराको संसारभरीका सबैभन्दा सफलतम, त्यसका विज्ञहरु, त्यसका प्रविधिहरु, ती मुलुकका संस्थाहरुलाई हामी आमन्त्रण गर्दैछौँ ।’

उहाँले नेपालमा वस्तु आयात गर्दा एनएस अनिवार्य गर्ने पनि बताउनुभएको छ । गुणस्तर परीक्षण गरेर मात्रै अब नेपालमा वस्तस आयात हुने उहाँको भनाई छ । उहाँले पछिल्लो समय व्यापार द्वन्द्व चलिरहेकोले उल्लेख गर्दै यसले नेपालका लागि ठूलो अवसर दिएको पनि बताउनु भयो । उहाँले उत्पादनमा आत्मनिर्भर भनेर निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।