२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान



अ+ अ-

टक्सार । सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताउनुभएको छ ।
वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गर्नुभएका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उहाँको गुनासो छ ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताउनुभयो । “त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उहाँको धारणा छ ।बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ । रासस




भर्खरै