६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बुद्ध जयन्तीमा घर-घरमा दीपावली गर्न सरकारको आह्वान

बुद्ध जयन्तीमा घर-घरमा दीपावली गर्न सरकारको आह्वान
अ+ अ-

काठमाडौं । आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती ।  भवगान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रुपमा मनाउँछन् ।

ईशापूर्व ५६३मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरुमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहदै आएको छ ।

यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाईदै छ । काठमाडौंको स्वयम्भु पनि सुनसान देखिन्छ । यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिएपनि कुनैपनि भक्तालुहरु देखिदैनन् । सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको छ ।

यसबैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढन उत्साह उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गर्नुभएको छ ।