६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन
अ+ अ-

दमौली । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ ।

कार्यक्रम सञ्चालनका लागि रु ६८ लाख बजेट रहेकामा रु ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ । उहाँले भन्नुभयो, “३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, चार सय २० थान त्रिपाल र दुई सय मिटर कुलो वितरण गरिएको छ ।” आँबुखैरेनी गाउँपालिका–६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ ।

आँबुखैरेनी–६ का घलडाँडा कृषक समूहले चार सय, आँबुखैरेनी–२ स्थित गाउँघर कृषक सहकारी संस्थाले दुई सय, ऋषिङ गाउँपालिका–३ स्थित मिलीजुली कृषि तथा पशुपालन समूहले एक सय २०, घिरिङस्थित कालीगण्डकी कृषि सहकारी संस्थाले एक सय ५०, बन्दीपुरस्थित हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्थाले एक सय, बन्दीपुरकै आँधीमूल तरकारी उत्पादक कृषि सहकारी संस्थले तीन सय, व्यासस्थित पिपलटार कृषक समूहले एक सय, हरियाली फलफूल तरकारी कृषक समूहले एक सय ६०, जौबारी कृषक समूहले एक सय, बर्लाची कृषि उत्पादक सहकारीले चार सय, पोखरीडाँडा कृषक समूहले एक सय, अन्नपूर्ण कृषि उत्पादक सहकारीले एक सय क्षेत्रफलमा कार्यक्रम विस्तार गरेका केन्द्रका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

भानुस्थित साथ फलफूल तथा कृषि सहकारी संस्थाले चार सय, नवआकृति बहुउद्धेश्यीय कृषक समूहले एक सय ५०, समता कृषि सहकारी संस्थाले तीन सय, फाउदी कृषि सहकारी संस्थाले पाँच सय, म्याग्देस्थित नेपानेटारी कृषक समूहले एक सय पाँच, माहिन्द्री गङ्गा कृषि सहकारी संस्थाले दुई सय र म्याग्देस्थित नमूना कृषि तथा पशुपालन कृषक समूहले एक सय क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन विस्तार गरेका उहाँले बताउनुभयो । रासस