६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

२० सदस्यको ‘स्थायी समिति बैठक’ पार्टी कार्यालय धुम्बाराहीमा

२० सदस्यको ‘स्थायी समिति बैठक’ पार्टी कार्यालय धुम्बाराहीमा
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपाका २० जना स्थायी समितिका सदस्य आज पार्टी कार्यालय धुम्बाराहीमा जम्मा भए । पार्टीले नै आज ११ बजेका लागि बोलाएको स्थायी समिति बैठक हिजो साँझ सचिवालयमा उत्पन्न किचलोले गर्दा स्थगित हुन पुगेको थियो । तर पनि यो बैठकको माग अधिकांश सदस्यले गरेका थिए । यसअघि तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका २० जना सदस्य पार्टी कार्यालयमा बसेका हुन् । 

हुनत यो संयोग पनि हुनसक्छ । तर पनि उनीहरुले पार्टीलाई ब्यंग्य गर्नका लागि पनि गएको २० गते नै आज बिहीबार ११ बजे बस्ने भनी तय भएको बैठक स्थगित गरिएकोले सोही समय पारेर पार्टी कार्यालयमै बसेका थिए । उनीहरुले आज पनि अबिलम्ब नै स्थायी समिति बैठक बोलाउनुपर्ने माग सार्वजनिक गरेका छन् ।

पार्टीको नेतृत्व बर्गलाई र विशेषगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दबाब दिनका लागि आजको यो बैठक गरिएको थियो । पार्टी कार्यालय धुम्बाराहीमा नै भएको उनीहरूको बैठकले स्थायी कमिटी बोलाउन ढिला गर्न नहुने ठहर गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । उनले भने, अनौपचारिक भए पनि यो हामीहरुको एक किसीमको बैठक नै हो र हामीले अरु केही नभएर पार्टीलाई बैठक बोलाउन मात्र माग गरेका छौँ ।  

उनले यसअघि बैठकको माग गर्ने अधिकांश साथीहरू सो बैठकमा बसेको जानकारी दिए । साथै आजको सो भेलामा पनि बैठकमै सबै विषयमा छलफल हुनु पर्नेमा हाम्रो एकमत भएको उनको भनाई थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्।

यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो।

आज हुने भनिएको उक्त बैठकमा पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको 
 बताइएको भए पनि अन्तिममा आएर अध्यक्षद्धय ओली र दाहालबीच नै विवाद उत्पन्न भएको थियो । जसका कारण पूर्व निर्धारित यो बैठक रोकिएको थियो ।