१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

आजबाट बजेट अधिवेशन, सांसदलाई कोरोना रिपोर्ट अनिवार्य

आजबाट बजेट अधिवेशन, सांसदलाई कोरोना रिपोर्ट अनिवार्य
अ अ+ अ-

काठमाडौं । संघीय संसद्ले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट गर्ने भएको छ। लकडाउनकाबीच शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। यसपटक बजेट अधिवेशन ढिलो गरी आह्वान भएकाले सचिवालयले नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल गर्ने कार्यसूची बनाएको छ।

बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ। जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रिबजेट छलफल गर्ने कार्यसूची बनाइएको छ। प्रिबजेट छलफल पछि जेठ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित सम्वोधन गर्नेछिन। नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई वार्षिक बजेट पेश गर्ने बाटो खुल्छ।

झण्डै एक हजार जनाको भीडभाडबीच संसद्को अधिवेशन सुरु हुन लागेको हो। संसद्मा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूको सहयोगीको एकै ठाउँ भीडभाड हुने भएकाले स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै चुनौति र जोखिम हुन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। तर संसद्का पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागिएको दाबी गरेका छन्।

संसद् सचिवालयले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन सुरु गरेको छ। सचिवालयकाअनुसार बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। संसद्का सहप्रवक्ता दशरथ धमलाका अनुसार १ सय ७९ जना प्रतिनिधिसभा र ३३ जना राष्ट्रियसभा सांसदको पीसीआर टेस्टका लागि थ्रोट स्वाब संकलन गरिएको छ।

स्वाब संकलनमा मेडिकल ल्याबरोटरी एसोसियसन अफ नेपाल (मेलान) को प्राविधिक जनशक्तिको समन्वयमा गरिएको थियो। मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले बाँकी सांसदको शुक्रबार बिहान स्वाब संकलन गर्न टोली खटिने जानकारी दिए।

सचिवालयका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको छ। सचिवालयका स्वास्थ्य इकाई शाखाका डा. पुष्प रिजालका अनुसार स्वाब संकलन गरिएकाको रिपोर्ट शुक्रबार आइसक्नेछ।

संसद् सचिवालयले बैठकमा प्रवेश गर्नुअघि सांसदहरूले कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम बनाएको छ। बिहीबार स्वाब संकलन गरिएका सांसदहरूको शुक्रबार संसद् बैठक बस्नु अगावै रिपोर्ट आइसक्नेछ। राष्ट्रियसभाको बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिमा रिपोर्ट अनिवार्य गर्ने राजनीतिक सहमति जुटेको हो। केही सांसदहरू कोरोना संक्रमित क्षेत्रबाट आउने र अधिकांस सांसदहरू राहत बाँडन गाउँ गाउँ पुगेकाले सुरक्षा सतर्कताका लागि कोरोना नभएको रिपोर्ट अनिवार्य गर्न लागिएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड अन्तर्गत स्वास्थ्य सेवा विभागका विज्ञको सुझाव अनुसार अधिवेशनको सम्पूर्ण तयारी गरिएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ। स्वास्थ्य विभागबाट डा. अमृत पोखरेल, यशोदा बराल, हरिहर शर्माको टोलीले संसद् भवनको स्थलगत अवलोकन गरी सुुरक्षा सतर्कता र डब्लुएचओको मापदण्ड अनुसारका मापदण्ड अनुसार सांसदका लागि कुर्सी, टेबुल, माइक व्यवस्थापन र अन्य सरसफाइबारे समन्वय गरेका थिए।

दुवै सदनमा साविकको बीचका दुई कुर्सी छाडेर सांसदहरूलाई बस्ने व्यवस्था गरिएको छ। संयुक्त बैठकका दिन प्रतिनिधिसभाको बैठक हलको बाल्कोनीमा पनि सांसदहरूलाई राखिनेछ।

पत्रकार, दर्शक र आगन्तुक कक्ष रहेको बाल्कोनीमा संयुक्त सदनका दिन झण्डै एक सय जना सांसदलाई राखिनेछ। स्वास्थ्य विज्ञको सुझावका आधारमा सांसदहरूलाई अनिवार्य रूपमा पालना गर्न आचारसंहिता र नियमहरू पनि बनाइएका छन्। बैठकको पहिलो दिन जुन सांसद जुन सिटमा बस्ने हो, अधिवेशन अवधिभर त्यही कुर्सीमा बस्नुपर्ने, रोस्टम नभइ सिटमै रहेको माइकबाट बोल्नुपर्नेलगायतका नियम र संसद् प्रवेश गर्नुअघि साबुन पानीले अनिवार्य हात धुनुपर्नेलगायतका आचारसंहिता सांसदका लागि बनाइएका छन्।

सांसदलाई नियम

  • संसद् छिर्नु अघि कोरोना संक्रमण नभएको रिपोर्ट पेश गर्नुपर्ने
  • अधिवेशन अवधिभर एउटै सिटमा बस्नुपर्ने
  • आफू बसेको सिटमा रहेकै माइकबाटै बोल्नुपर्ने
  • संसद् भवन प्रवेश र फर्कंदा फरक–फरक ढोका प्रयोग गर्नुपर्ने
  • क्याण्टिन र सभाहल बाहिर अनावश्यक भीड गर्न नपाइने

सांसदलाई आचारसंहिता

  • बैठक प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुनुपर्ने
  • बैठक अवधिभर मेडिकल मास्कको प्रयोग गर्नुपर्ने
  • घरमा होम क्वारेण्टाइनमा बस्नुपर्ने
  • तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने
  • भौतिक दूरी कायम गरी समूहगत छलफल गर्ने  अन्नपुर्णपोष्ट दैनिक