६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम
अ+ अ-

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघीय संसद्ले अघि सारेका कार्यक्रमहरुमा नीति तथा कार्यक्रम ल्याउने संभावित मिति जेठ २ गते उल्लेख छ । सरकारले ल्याउन लागेको बजेटबारे संसद्मा हुने प्रि–बजेट छलफल भने संसद्मा २८ वैशाखबाट शुरु हुने भएको छ । सरकारका नीति तथा कार्यक्रम र बजेट संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने प्रावधान छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुहुनेछ । जेठ १५ गते सरकारको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । प्रि–बजेट छलफल प्रतिनिधि सभामा २८, २९ र ३० वैशाखमा तथा राष्ट्रियसभामा २८ र २९ वैशाखमा हुनेछ । प्रि–बजेट छलफल बजेट आउनुभन्दा १५ दिन अगाडि शुरु गर्नुपर्ने व्यवस्था छ ।

संघीय संसद्को छैटौं अधिवेशन शुरु हुनुअघि सांसद तथा कर्मचारीमा कोभिड–१९ संक्रमण रहे नरहेको बारे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उच्च स्वास्थ्य सुरक्षाका बीच अधिवेशन आह्वान भएको उल्लेख गर्दै सचिवालयले प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मीसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेको हो । संसद् सचिवालयका अनुसार १ सय ७९ प्रतिनिधिसभा सांसद, ३३ राष्ट्रिय सभा सदस्य तथा कर्मचारी र मर्यादापालक गरी २ सय २९ जनाको स्वाब संकलन भएको र उनीहरुको परीक्षण शुरु भएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन आज शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म गर्ने सचिवालयले जनाएको छ ।

प्राथमिकताका आधारमा संक्रमित क्षेत्रका सांसद, संक्रमणका समय काठमाडौं बाहिर गएका सांसदको पहिलो चरणमा परीक्षण गर्ने संसद् सचिवालयले जनाएको छ । संक्रमण देखिए उनीहरुलाई तत्काल आईसोलेसनमा पठाउने र नदेखिए भोलिबाट शुरु हुने अधिवेशनमा सहभागी हुन सक्ने सचिवालयको भनाइ छ ।